Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
वालिङ नगरपालिका परिस​र
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

स्याङ्जामा ७६ करोडको सुन्तला उत्पादन

साम संवाददाता, स्याङ्जा
६ माघ २०७८

स्याङ्जामा यस वर्ष ७६ करोड १२ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ। प्रतिकुल मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष ३ करोड २२ लाख ४० हजार कम मूल्य बराबरको उत्पादन भएको हो।

सुन्तलाका लागि प्रसिद्ध स्याङ्जा जिल्लामा करिब २ हजार हेक्टरमा सुन्तला खेती हुन्छ। जिल्लाको पुतलीबजार, वालिङ, भीरकोट , गल्याङ नगरपालिका र फेदीखोला, बिरुवा, अर्जुनचौपारी, आँधीखोला, हरिनास गाउँपालिकाका सुन्तला उत्पादनका पकेट क्षेत्र हुन्।यस जिल्लाको हावापानी सुन्तला खेतीका लागि उपयुक्त छ। २हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको भएपनि १ हजार ४ सय हेक्टरमा मात्र सुन्तला उत्पादनले राम्रो प्रतिफल दिएको छ भने बाँकी झण्डै ६ सय हेक्टरमा सुन्तलाले फल दिएका छैनन्।

गत वर्ष जिल्लामा १७ हजार ६ सय ३२ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष १३ हजार ८ सय ४० टन उत्पादन भएको छ। यसवर्ष अत्याधिक वर्षाका कारण सुन्तला उत्पादनमा प्रतिकुल असर परेको हो।यसका साथै औंसा किराको प्रकोपले पनि सुन्तला उत्पादनमा नकारात्मक असर पर्‍यो।
कृषि ज्ञान केन्द्र, स्याङ्जाका अनुसार गत वर्ष प्रति किलो ४५ देखि ७५ रुपैयाँमा बिक्रि भएको सुन्तला यसवर्ष ५० देखि ८० रुपैयाँ प्रति किलोमा बिक्रि भएको छ।यहाँ उत्पादित सुन्तलाका मुख्य बजार नारायणगढ, बुटवल, पोखरा, र काठमाडौं हुन् ।
सुन्तलाका लागि उपयुक्त भूगोल भएकाले प्रधानमन्त्री सुन्तला सुपरजोन कार्यक्रम समेत यहाँ संचालनमा छ। पुतलीबजार, भीरकोट, वालिङ् नगरपालिका र अर्जुन गाँउपालिकाका १७ वटा वडालाई समेटेर सुन्तला सुपरजोन परियोजना कार्यान्वयनमा छ। कार्यक्रम संचालनपछि सहकारी, समूह र निजी फार्म दर्ता गरी सुन्तला खेती गर्न किसानको संख्या बढेको सुपरजोन कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिनुभयो।

Facebook Comments Box