Smart Waling

   तत्कालै
Beskrivelse af spillet Chicken Road
Stosunki do Otrzymania Wygranej w Gry na Automatach w Kasynie Betonred Polska
Roubar o Tesouro de Katanaspin Casino
Rozgrywki Slotowe W Kasynie Spinwinera
Bem-Vindo ao Jogo das Feras do Reino da Sorte no Royalstiger Casino
Revolta dos Prêmios no Gigaspinz Casino
Ceea ce este Chicken Road în lumea jocurilor de noroc?
Rolar Ricos com os Prósperos Jogadores de Happyjokers Casino

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा

प्रविधी प्रयोगमा एक कदम अगाडि भीरकोट सहकारी

भीरकोट ,असोज २८ 

“सबैको हात एक साथ” भन्ने नाराको साथ स्थापित भएको भीरकोट सहकारीले भीरकोट नगरपालिकालाई कार्यक्षेत्र बनाई काम गरिरहेको छ। नगरपालिकामा २०७७ चैत्र २३ गते दर्ता भएको यो सहकारीले २०७८ साउन १८ गतेवाट स्याड्जाको भीरकोट-१, बयरघारी प्रगतिटोलमा कार्यालय स्थापना गरी वित्तीय सेवा संचालन गरेको थियो।

सहकारीहरू पनि बैंक तथा अन्य वित्तिय संस्था जस्तै प्रविधिमैत्री भई प्रतिस्पर्धात्मक तवरले अगाडी बढन सक्छन भन्ने उदाहरण हो भीरकोट बचत तथा ऋण सहकारी संस्था। सहकारीले भीरकोटमा पहिलो पटक सहकारीलाई प्रविधिमैत्री बनाउँदै मोबाइल बैंकिङ सेवा संचालनमा ल्याएको छ। एन्ड्रोइड एप “भीरकोट” मोबाइलमा डाउनलोड गरि सदस्यहरूले आफ्नो खाता विवरण हेर्न, बैंकमा रकम ट्रान्सफर गर्न,मोबाइल रिचार्ज गर्न, ऋण तिर्न, इन्सोरेन्स प्रिमियम तिर्न, बिजुली बिल तिर्न, हवाई टिकट खरिद गर्न, आफनो कर्जा विवरण हेर्न सक्छन्। यो एप सदस्यहरुलाई एकै पटक पत्राचार गर्न, र सदस्यहरुले सल्लाह सुझाव दिन समेत प्रयोग गर्न सकिन्छ । यो सेवा प्रयोग गरि मोबाइल रिचार्ज गर्दा ३% क्यासव्याक पनि पाइन्छ। एप मार्फत नै मोबाइल वालेटहरू अन्तर्गत ई– सेवा(e-sewa) , खल्ती (Khalti) र आई एम ई पे (IME Pay) मा रकम लोड गरि मोबाइल वालेट चलाउन र वालेटमा रहेको रकम सहकारी खातामा निशुल्क ट्रान्सफर गर्न सकिने सुविधा पनि छ ।

सहकारीले भीरकोट नगरपालिकालाई क्यासलेस, चेक लेस र पेपर लेस बनाउन विभिन्न व्यावसायिक संघ संस्थाहरू सँग सहकार्य गर्दै १०० स्थानमा क्यूआर कोड प्रविधी जडान गरेको छ भने भीरकोट नगरपालिका भित्र संचालनमा रहेका अटोरिक्साहरूलाई क्यासलेस बनाउन संस्थाको क्यूआर कोड प्रविधी जडानको तयारी पुरा गरेको छ । संस्थाले क्यूआर कोड र ई– टेलर प्रविधी मार्फत रकम जम्मा गर्ने र भूक्तानी लिने व्यवस्था समेत गरेको छ । सहकारीले आई एम इ ,सिटी एक्सप्रेस, प्रभु, हिमाल, आई पे, वेस्टर्न युनियन जस्ता रेमिटान्स कम्पनी सँग सहकार्य गरी रेमिटान्स सेवा प्रदान गरिरहेको छ।

हाल संस्थामा ३५९ जना शेयर सदस्य रहेका छ्न् । १ करोड ५२ लाख चुक्ता पूँजी रहेको संस्थाले नाफालाई भन्दा सदस्य सेवालाई केन्दमा राखेर सस्तो व्याजदरमा १ करोड भन्दा बढी लगानी गरिसकेको छ। भीरकोटका युवाहरूको सक्रियतामा संचालित सहकारी भीरकोटमा संचालित अन्य सहकारीहरू भन्दा प्रविधी प्रयोगमा एक कदम अगाडि छ।

Facebook Comments Box
Facebook Comments Box