Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
स्थानीय सरकारले विकासको अनुभूति गराएको छ: अध्यक्ष मानन्धर
पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल

भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न

साम संवाददाता, भीरकोट ८ माघ २०७८

भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्राट सदन बयरघारीमा सम्पन्न भएको छ। व्यक्तित्व र नेतृत्व विकास गर्ने संस्था जेसिजका पूर्व केन्द्रीय उपाध्यक्ष एवं निर्वाचन आयुक्त अमृत अर्यालले वर्ष २०२२ का नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । गत पुसमा सम्पन्न भएको तेस्रो अधिवेशनले कृष्ण पौडेलको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको थियो ।

भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख सिमा के.सी. कर्माचार्य, नेपाल कम्युनिस्ट पार्टी (एमाले) भीरकोटका अध्यक्ष विश्वनाथ अर्याल, नेपाल जेसिजका निरूपित राष्ट्रिय उपाध्यक्ष रश्मि बस्नेत, वालिङ जेसिज वर्ष २०२२ का अध्यक्ष ध्रुव पङ्गेनी, नेपाली काङ्ग्रेस भीरकोटका सभापती याम प्रसाद अधिकारी, उप-सभापति विष्णुमाया काफ्ले, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश प्रसाद कोइराला, भीरकोट नगरपालिकाका प्रवक्ता दीपेन्द्र के.सी. लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख खनालले भीरकोट जेसिजको क्रियाकलापहरूको प्रशंसा गर्दै नगरपालिकाले जेसिजको स्थापना कालदेखिका सबै क्रियाकलापमा सहयोग गरेको कुरा स्मरण गर्नुभएको थियो । उहाँले समाजमा चेतनाको विकासको लागि “परिवर्तनमा हामी” अभियान संचालन गर्न समेत आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा भीरकोट बाल संजालका अध्यक्ष सुदिप पौडेल, नेपाल काङ्ग्रेस भीरकोटका सचिव नन्दलाल खनाल, नेपाली काङ्ग्रेस भीरकोटका उपसभापति विष्णुमाया काफ्ले, वर्ष २०२० का भीरकोट जेसीजका अध्यक्ष जेसी मिना खाँण, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश प्रसाद कोइराला लगायतका विशिष्ट अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा भीरकोट जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी प्रसुन मगरले आफ्नो कार्यकालको आर्थिक, सामाजिक र संस्थागत उपलब्धि प्रस्तुत गर्नुभएको थियो । “विपदमा हामी” अभियानमा अग्रपंक्तिमा रहेर भीरकोट जेसिजलाई सहयोग गर्ने नेपाली काङ्ग्रेस भीरकोटका नगर सभापति याम प्रसाद अधिकारी (लक्ष्मण), जेसि शिव प्रसाद खनाल र जेसी सुशील खाँण ठकुरीलाई सम्मान गरिएको थियो । महामारीलाई मध्येनजर गर्दै कार्यक्रममा सिमित व्यक्तित्वहरूलाई मात्रै आमन्त्रण गरिएको थियो । नवनिर्वाचित अध्यक्ष पौडेलले “विपदमा हामी” अभियानमा सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिंदै उहाँहरूलाई घरघरमै पुगेर सम्मान गरिने कार्यक्रम रहेको जानकारी दिनुभयो । जेसी सृजना गौतमको स्वागतसँगै सुरू भएको कार्यक्रमको संचालन जेसी सुन्दर कोइरालाले गर्नुभएको थियो ।

Facebook Comments Box