Smart Waling

   तत्कालै
Rozgrywki Slotowe W Kasynie Spinwinera
Bem-Vindo ao Jogo das Feras do Reino da Sorte no Royalstiger Casino
Revolta dos Prêmios no Gigaspinz Casino
Ceea ce este Chicken Road în lumea jocurilor de noroc?
Rolar Ricos com os Prósperos Jogadores de Happyjokers Casino
O Enigma do Spinmacho Casino – Mistérios e Estratégias
O Código Secreto do Luckycapone Casino
Zagraj W Kasynie Roulette na Roulettino

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा

भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

साम संवाददाता, भीरकोट
२२ पुस २०७८
भीरकोट नगर क्षेत्रका व्यापारी व्यवसायीहरूको छाता संगठन भीरकोट उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।आज तमु समाजमा आयोजित एक औपचारिक समारोहमा गरिएको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा सम्पूर्ण नवनिर्वाचित पदाधिकारी, व्यापारी व्यवसायी , नगर प्रवक्ता दिपेन्द के.सी., नेपाली काङ्ग्रेस भीरकोट नगर सभापति याम प्रसाद अधिकारी, नेकपा एमाले भीरकोटका अध्यक्ष विश्वनाथ अर्याल लगायतका पार्टी प्रतिनिधिहरूको उपस्तिथि रहेको थियो।

पुस १० गते भएको भीरकोट उद्योग वाणिज्य संघको दोस्रो अधिवेशनले अध्यक्षमा जगदीश प्रसाद कोइराला सहित १९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको थियो। अधिवेशनबाट नुवादत्त अर्याल वरिष्ठ उपाध्यक्षमा, चिन्तामणी चापागाईं प्रथम उपाध्यक्षमा, कमल त्रिपाठी द्वितीय उपाध्यक्षमा , चोपनारायण श्रेष्ठ महासचिवमा,पर्वत खाम्चा मगर सचिवमा, राजकुमार कर्माचार्य कोषाध्यक्षमा र कृष्ण बहादुर खत्री सहकोषाध्यक्षमा निर्वाचित हुनुभएको थियो।नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन मण्डलका संयोजक गंगाधर गौतमले पद तथा गोपनियताको सपथ गराउनुभएको हो।निवर्तमान अध्यक्ष भक्तबहादुर के.सी. को अध्यक्षतामा सुरू भएको समारोहको समापन नवनिर्वाचित अध्यक्ष जगदिश प्रसाद कोइरालाले गर्नुभएको थियो। नवनिर्वाचित पदाधिकारीहरूको कार्यकाल ३ वर्षको हुनेछ।

Facebook Comments Box
Facebook Comments Box