Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न

बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल

साम संवाददाता, भीरकोट
८ माघ २०७८

बालमैत्री नगरपालिकाका नगर प्रमुख छायाराम खनालले भीरकोट नगरपालिकाको बजेट पूर्ण रूपमा सदुपयोग भएको दाबी गर्नुभएको छ। नवौं नगर सभाको समापन सत्रमा आफ्नो मन्तव्य राख्दै नगरप्रमुख खनालले सो दाबी गर्नुभएको हो।

उहाँले भन्नुभयो , ” सिमित स्रोत र साधन प्रयोग गरेर जनताका असिमित आवश्यकता पूरा गर्ने प्रयास गर्दा कमीकमजोरी भएको हुन सक्छ तर बजेट दुरूपयोग भएको छैन।” उहाँले थप्नुभयो, “मैले नगर प्रमुखको जिम्मेवारी सम्हालेदेखि बजेट र करमा १ रूपैयाँ पनि हिनामिना भएको भए प्रती १ रूपैयाँ रू १ लाखका दरले क्षतिपूर्ति दिन तयार छु।” आज्ञाकारी र जिम्मेवार जनप्रतिनिधि र अनुभवी एवं कर्तव्यनिष्ट कर्मचारी संयन्त्रका कारण आफ्नो कार्यकाल पूर्ण रूपमा सफल रहेको दाबी गर्दै उहाँले सम्पूर्ण जनप्रतिनिधिहरूलाई आफ्नो बाँकी कार्यकाल थप उपलब्धिमूलक बनाउन समेत निर्देशन दिनुभएको थियो।

आज नगरपालिकामा बसेको नवौं नगरसभाले दुइवटा प्रस्तावहरू सर्वसम्मत पारित गरेको छ। विधायन समितिका संयोजक दिपेन्द्र के.सी.ले प्रस्तुत गर्नुभएको ” नगर यातायात गुरूयोजना (MTMP) ” र नगर सभाका उपाध्यक्ष एवं नगर उपप्रमुख सिमा के.सी. कर्माचार्यले प्रस्तुत गर्नुभएको “बजेट विनियोजन र स्रोत व्यवस्थापनको संशोधित अनुमान” सर्वसम्मत पारित भएको हो।

नगर यातायात गुरूयोजना (MTMP) मा नगर क्षेत्रका सडकहरूको प्राथमिकीकरण, वर्गीकरण र सडक अधिकार क्षेत्र निर्धारण समेत गरिएको छ। MTMP अनुसार नगर क्षेत्र भित्रका ३ वटा सडकलाई “क” वर्गमा, १३ वटा सडकलाई “ख”वर्गमा, ३३ वटा सडकलाई “ग” वर्गमा र ५२ वटा सडकलाई “घ” वर्गमा राखिएको छ। सडक गुरूयोजनामा “क” वर्गको सडक अधिकार क्षेत्र १४ मिटर, “ख” वर्गको सडक अधिकार क्षेत्र १० मिटर, “ग” वर्गको सडक अधिकार क्षेत्र ८ मिटर, “घ” वर्गको सडक अधिकार क्षेत्र ६ मिटर कायम गरिएको छ। यसैगरी क र ख वर्गको सडकको सेटव्याक २ मिटर र ग र घ वर्गको सडकको सेटव्याक १.५ मिटर कायम गरिएको छ।

यसैगरी “बजेट विनियोजन र स्रोत व्यवस्थापनको संशोधित अनुमान” मा आर्थिक वर्ष २०७८/७९ का नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रू ६८ करोड २६ लाख ४७ हजार विनियोजन गरिएकोमा प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत शिक्षिका तथा कर्मचारी र भीरकोट नगर अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक एवं नगरपालिकाको अन्य दायित्व व्यवस्थापनको लागि रू १ करोड थप गरि ६९ करोड २६ लाख ४७ हजार विनियोजन गरिएको छ।

नगर सभामा जनप्रतिनिधिहरूले आफ्नो कार्यकालमा हालसम्म प्राप्त गरेका सफलता र अनुभव प्रस्तुत गर्नुभएको थियो। वडा नं ४ का वडा अध्यक्ष चन्द्र बहादुर बस्नेतले नगर कार्यपालिकामा सबै जनप्रतिनिधिहरूले पार्टीको विचार र दलीय स्वार्थभन्दा माथि उठेर काम गरेकाले काम गर्न सहज भएकोमा खुसी व्यक्त गर्नुभएको थियो। वडा नं १ का अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र के.सी.ले पूर्वाधार विकास र कृषिको क्षेत्रमा नगरपालिकाले क्रान्तिकारी प्रगती गरेको दाबी गर्नुभएको थियो। वडा नं ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारीले जनप्रतिनिधिको रूपमा काम गर्दा भएका वैचारिक मतभेद, बहस र छलफल समृद्ध भीरकोट निर्माणका लागि गरिएकाले कसैले पनि व्यक्तिगत रूपमा लिन नहुने भन्दै व्यक्तिको भन्दा पनि विधिको शासनका लागि आफूले फरक मत राख्ने गरेको बताउनुभएको थियो। नगरसभा उपाध्यक्ष सिमा के.सी. कर्माचार्यले सबैको सहकार्यलेनै नगरपालिकाले सोचेभन्दा बढी प्रगती गरेको र अहिलेको कार्यपालिकाको टिमले आगामी सरकारको लागि मार्गदर्शन गर्ने खालका रणनीतिक योजना र गुरूयोजना तयार गरेको दाबी गर्नुभएको थियो। नगर सभाको समापन सत्रको संचालन प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले गर्नुभएको थियो।

Facebook Comments Box

Author