Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
वालिङ नगरपालिका परिस​र
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

जनकल्याण साना किसान सहकारीको साधारण सभा सम्पन्न

साम संवाददाता,वालिङ

१७ पुस २०७८

जनकल्याण साना किसान कृषि सहकारी वालिङ २, सिमलचौतारीको तेस्रो साधारण सभा सम्पन्न भएको छ।संस्थाका अध्यक्ष माधव गैह्रेको अध्यक्षता र गण्डकी प्रदेश सांसद मोहन रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप कुमार बगाले विशिष्ट अतिथी हुनुहुन्थ्यो ।विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी, समाजसेवी र शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको साधारण सभा सभ्य र भव्य रूपमा सम्पन्न भएको थियो।

समारोहमा बोल्दै प्रमुख अतिथी प्रदेश सांसद रेग्मीले सहकारीले गर्दै आएका कार्यहरूको प्रशंसा गर्दै सहकारीका कार्यक्रमलाई थप उत्पादनमुखी र व्यवसायीक बनाउन आग्रह गर्नुभएको थियो।उत्पादन सँगै बजार व्यवस्थापनलाई पनि प्राथमिकता राख्न आग्रह गर्दै उहाँले संस्थालाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

५८८ जना शेयर सदस्य रहेको सहकारीले करिब ४ करोडको कारोबार गर्दै आएको छ।स्थापना काल देखि नै कृषकहरूको हितमा विविध कार्यक्रमहरू संचालन गर्दै आएको सहकारीले शेयर सदस्यहरूलाई विना धितो विना ब्याज विना सेवा शुल्क ५० हजार सम्मको घातक रोग उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ। संस्थाको आफ्नै जग्गा खरिद गरि चैत्र महिना सम्म भवन निर्माण सुरू गर्ने योजनालाई साधारण सभाले सर्वसम्मत पारित गरेको छ। संस्थाको कुल नाफाको १० प्रतिशत शेयर सदस्यहरूलाई आन्तरिक अनुदान दिने र ऋणीहरूको १ लाख सम्मको स्वास्थ्य बिमाको व्यवस्था गर्ने निर्णयलाई साधारण सभाले पारित गरेको संस्थाका अध्यक्ष माधव गैह्रेले जानकारी दिनुभयो।साथै पशु बिमाको कार्यक्रमलाई पनि प्राथमिकता राखिएको उहाँले जानकारी दिनुभयो।

समारोहमा प्रमुख अतिथी, विशिष्ट अतिथी , उत्कृष्ट बचत कर्ता , उत्कृष्ट ऋणी, उत्कृष्ट समूह बचत कर्ता र कृषि समाचारलाई र सहकारी गतिविधिहरूको उत्कृष्ट रिपोर्टिङ गर्ने नेपाल टेलिभिजनका संचारकर्मी सुशील सुवेदीलाई सम्मान गरिएको थियो।उत्कृष्ट बाल बचत कर्ताको पुरस्कार संकल्प काफ्लेलाई, उत्कृष्ट व्यक्तिगत बचत कर्ताको पुरस्कार दामोदर रेग्मीलाई, उत्कृष्ट समूह बचतको पुरस्कार समूह नं ६ का ६ जनालाई, असल ऋणीको पुरस्कार अलिसा सार्की, बिन्दु देवी रेग्मी, खीना कुमारी राना, रेखा जिटीलाई प्रदान गरिएको थियो।

Facebook Comments Box