
![]() |
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
साम संवाददाता, भीरकोट
२३ पुस २०७८
भीरकोट नगरपालिकाको बहुचर्चित पर्यटकीय स्थल गडहरे गुफाको प्राररम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ।नगरपालिकाको वडा नं ८ र ९ को सिमानामा अवस्थित गडहरे गुफाको ६७८ मिटरसम्मको भौगर्भिक अध्ययन प्रतिवेदन ठुलीभञ्ज्याङ माध्यमिक विद्यालयमा आयोजित एक औपचारिक समारोहमा सार्वजनिक गरिएको हो।श्री एक्जुकेटिभ कन्सल्टिङ इन्जिनियरिङ एण्ड प्लानर प्रालि,काठमाडौंका विज्ञको रूपमा डा. कविराज पौड्याल सहित १२ जना विज्ञहरूको टिमले गत भदौमा गरेको स्थलगत अध्ययनको प्रारम्भिक प्रतिवेदन आज सार्वजनिक गरिएको हो।
भुगर्भविदहरूले मुल गुफाको मात्रै प्रारम्भिक अध्ययन गर्नुभएको थियो।गुफामा सहायक गुफाहरू पनि पर्याप्त मात्रामा रहेको भए पनि प्रारम्भिक अध्ययन सहायक गुफाहरूको अध्ययन गरिएको छैन। दुर्लभ प्रकृतिका स्टेलेक्टाइट र पिलर स्ट्रक्चर पाइएको गुफामा सबैभन्दा दुर्लभ पिलर स्ट्रक्चर ३३१ मिटरमा पाइएको छ । प्रशस्त मात्रामा चमेराहरू पाइने गुफामा भुगर्भविदहरूले सामुन्द्रीक चट्टानहरू समेत पाइएको अनौठो तथ्य प्रस्तुत गर्नुभएको थियो। गुफाको ६० मिटरमा उकालो ओरालो दुबै भौगोलिक बनावट रहेको गुफामा १२८ मिटर सम्मको यात्रा सहज रहेको छ।उभिएर, बसेर र घर्सेर ६७८ मिटर सम्मको यात्रा गर्न सकिने गडहरे गुफा भौगर्भिक र इन्जिनियरिङ अध्ययनका लागि उपयोगी प्रयोगशाला बन्न सक्ने पर्याप्त सम्भावना रहेको विज्ञहरूले अध्ययन प्रतिवेदनले पुष्टि गरेको छ।प्रवेशद्वार देखि १५८ मिटरको दुरीमा सामुन्द्रीक वनस्पति अल्गि तथा काइहरूका अवशेष समेत पाइएको गुफामा २१३ मिटरको दुरीमा झरना समेत छ।झरनाको पानी गुफामै बिलिन हुने गुफामा ६७८ मिटरको दुरीमा २० मिटर अग्लो १९.२ मिटर चौडाइको ठूलो हल समेत रहेको छ। गुफा भित्र खोला बगेको प्रमाणका रुपमा गेग्रान पाइएको छ ।गुफाभित्र दलदले जमिन पनि पाइएको छ।कडा र कमजोर चट्टान मिलेर बनेको गुफाका १६ वटा नमुना चट्टानको अध्ययन गरेको भुगर्भविदको समुहले भविष्यमा आइपर्ने सुरक्षा चुनौती अध्ययन गर्न दोस्रो चरणको विस्तृत अध्ययन गर्न सुझाव दिएको छ।
गुफा भित्र पोखरी र झरनाको अनुपम दृश्यसँगै हिन्दु धर्मसँग सम्बन्धित शिवलिङ्ग, गणेश, गाइको कल्चौडा लगायतका दृश्यहरू समेत छ्न्। अध्ययन गरिएको ६७८ मिटरको दुरीसम्म अक्सिजनको मात्रा पर्याप्त रहेको गुफाको व्यवस्थित विकास गर्न सकेमा धार्मीक र शैक्षिक र घुमघाम पर्यटनको विकास गरि पर्याप्त आम्दानी गर्न सकिने सम्भावना विज्ञहरूले औल्याउनुभएको छ। नगर प्रमुख छायाराम खनाल, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, योजना अधिकृत याम प्रसाद रेग्मी, संस्कृतिविद डा. तुलसी खनाल प्रभास, नेपाली काङ्ग्रेस स्याङ्जाका निवर्तमान जिल्ला सभापति बुद्धि बहादुर (कुमार) राना, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइराला, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू र स्थानीयहरूको सहभागितामा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक समारोह वडा नं ८ का वडा अध्यक्ष तन बहादुर गुरुङको अध्यक्षता र योजना अधिकृत याम प्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको थियो।
समारोहमा मन्तव्य राख्दै नेपाली काङ्ग्रेस स्याङ्जाका निवर्तमान जिल्ला सभापति बुद्धि बहादुर रानाले भन्नुभयो, “गडहरे गुफाको प्राररम्भिक अध्ययनले नगरको जिम्मेवारी अझ थपिएको छ।यसको व्यवस्थित विकास र प्रचारप्रसार गर्दै नगरपालिकाले पर्यटनको विकास गरि जनताको जीवनस्तर उकास्नु पर्छ।” नगर प्रमुख छायाराम खनालले अध्ययन प्रतिवेदन सार्वजनिक गर्न पाउँदा एकदमै खुसी भएको बताउँदै भीरकोटका प्राकृतिक र पर्यटकीय सम्पदाको विकासमा अहोरात्र खटिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।गडहरे गुफामा व्यवस्थित पूर्वाधार विकासका लागि ३२ रोपनी जग्गा खरिद गरि नगर र संघको ६ करोड लगानीमा विकास निर्माणका कार्यक्रमहरू संचालन भैरहेको बताउनुभएको थियो। स्वरेक मैदान, गडहरे गुफा, ओखतीपानी होमस्टे र नारायणगिरीबाबा मन्दिर क्षेत्रको एकीकृत रूपमा विकास गरी टुरिजम हब बनाउने उद्देश्यले नगरले टुरिजम बिजनेस प्लान निर्माणका लागि काम गरिरहेको बताउँदै उहाँले भीरकोटका पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न सम्पूर्ण भीरकोटबासीलाई आग्रह गर्नुभएको थियो।
वडा अध्यक्ष एवं समारोहका अध्यक्ष तन बहादुर गुरुङले वि.सं. २०४१ सालमा पत्ता लागेको गुफाको प्रचारप्रसार गर्न र योजनाबद्ध विकासका कार्यक्रम संचालन गर्न पाउँदा खुसी लागेको बताउँदै गडहरे क्षेत्रको विकास र प्रचारप्रसारका लागि सरोकारवाला सबैलाइ सहयोग गर्न आग्रह गर्नुभएको थियो।
![]() |
Smart Waling |
पढ्न लाग्ने समय : < 5 मिनेट