|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोटमा कोराना संक्रमणको जोखिम न्यून
साम संवाददाता, भीरकोट
२ माघ २०७८
स्याङ्जा जिल्लाको मध्य भागमा अवस्थित भीरकोट नगरपालिकामा कोरोना संक्रमणको जोखिम न्यून रहेको पाइएको छ।भीरकोट नगर अस्पतालले वडा नं १ को भलुवाडाँडामा गरेको एन्टिजिन परिक्षणमा कोराना संक्रमण शून्य पाइएको हो। ४० जना महिला र ४८ पुरूष गरि ८८ जनाको एन्टिजिन परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मुक्ती बगालेले जानकारी दिनुभयो।
नगरपालिका भरिमा अहिलेसम्म परीक्षण गरिएका मध्ये ८ जनामा कोरोना संक्रमण पाइएको र सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको नगर स्वास्थ्य शाखा प्रमुख नारायणबन्धु अर्यालले जानकारी दिनुभयो।संक्रमितहरूलाई होम आइसोलेनमा बस्ने व्यवस्था मिलाइएको जानकारी दिँदै उहाँले नगर भित्र संक्रमणको जोखिम न्यून रहेको बताउनुभयो।हाल भीरकोट नगर अस्पताल र खिलुङ्देउराली स्वास्थ्य चौकीमा निशुल्क एन्टिजिन परीक्षण व्यवस्था मिलाइएको छ।छिमेकी पालिकाहरूमा संक्रमण बढीरहेको बताउँदै अर्यालले स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाउँदै आफू, परिवार र समाजलाई सुरक्षित राख्न नगरबासीलाई आग्रह गर्नुभएको छ।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट


