|
|
Smart Waling |
Vitória no Oopspin Casino: Sorte e Estratégia Conjugadas
Descripción de la ruleta en línea Chicken Road 2: características y modalidades.
Beskrivelse af spillet Chicken Road
Stosunki do Otrzymania Wygranej w Gry na Automatach w Kasynie Betonred Polska
Roubar o Tesouro de Katanaspin Casino
Rozgrywki Slotowe W Kasynie Spinwinera
Bem-Vindo ao Jogo das Feras do Reino da Sorte no Royalstiger Casino
Revolta dos Prêmios no Gigaspinz Casino
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
स्थानीय पाठ्यक्रम विद्यार्थीहरूमाझ लोकप्रिय बन्दै
२६ कार्तिक २०७८
भीरकोट नगरपालिकाले साभ नेपालको सहजीकरणमा निर्माण गरेको पाठ्यक्रम तथा पाठ्यपुस्तक आधारभूत तहका विद्यार्थीहरूमाझ लोकप्रिय बन्दै गएको छ। साना नानीबाबुहरूले आफ्नै नगरपालिका र गाउँठाउँका बारेमा पढ्न, लेख्न र घुम्न पाउँदा एकदमै खुसी एवं उत्साहित भएका छ्न्।भीरकोटका प्राकृतिक ,ऐतिहासिक, सामाजिक ,धार्मिक र सांस्कृतिक चिनारीहरूलाई समेटेर तयार गरिएको हुनाले पाठ्यपुस्तक “हाम्रो भीरकोट ” लोकप्रिय बनेको हो।
विद्यार्थीहरूले किताबमा उल्लेख गरिएका सम्पदाहरूको बारेमा पढ्न पाउँदा खुसी हुँदै शिक्षकहरूलाई सोही ठाउँमा शैक्षिक भ्रमणमा लगिदिन अनुरोध गर्न थालेको बताउनुहुन्छ लुब्दीखोला आधारभूत विद्यालयका प्रधानाध्यापक निर्मला अर्याल। यसैगरी तिलाहारनेटा आधारभूत विद्यालयका शिक्षक राजनप्रसाद पौडेल पनि विद्यार्थीहरूले “हाम्रो भीरकोट” किताब एकदमै उत्साहित भएर पढ्ने गरेको बताउनुहुन्छ। स्थानीय पाठ्यक्रमको औचित्य पुष्टि भएको बताउँदै पौडेलले आफू पनि उत्साहित भएको बताउनुभयो।अमर आधारभूत विद्यालयका शिक्षिका शारदा अर्यालले विद्यार्थीहरूले खाली समयमा समेत हाम्रो भीरकोट किताब पढ्ने तथा त्यसैको बारेमा छलफल गर्ने गरेको बताउनुहुन्छ।
किताबमा उल्लेख गरिएका सम्पदाहरूको प्रत्यक्ष अध्ययन अवलोकन गराउने कुरामा बालोदय माध्यमिक विद्यालय अगाडि देखिएको छ।शनिबार वा विदाको दिन पारेर नियमित अध्ययन अध्यापनलाई कुनै असर नपर्ने गरि शैक्षिक भ्रमणमा लाने गरिएको बताउनुहुन्छ विद्यालयका सहायक प्रधानाध्यापक मणिप्रसाद अर्याल।उहाँका अनुसार कक्षा ७ र ८ का विद्यार्थीहरूले गडहरे गुफा, ओखतीपानी होमस्टे, स्वरेकमैदान र भीरकोट दरबारको भ्रमण गरिसकेका छ्न्।
साभ नेपालका अध्यक्ष तुलसी खनाल प्रभास पनि शिक्षक तथा विद्यार्थीहरूबाट आएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको बताउनुहुन्छ।आर्थिक वा अन्य कारणले भ्रमणमा लान नसक्ने विद्यालयहरूलाई लक्षित गरेर साभ नेपालको युट्युब च्यानलमा भीरकोटका सम्पदहरूको बारेमा विशेष जानकारीहरू समेटिएका आधा दर्जन जति भिडियो सामाग्रीहरू रहेको बताउनुहुन्छ। स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण र लागू गर्ने सपनाले मूर्तरूप लिएको र कार्यान्वयन तर्फ अगाडि बढेकोमा नगरप्रमुख छायाराम खनाल पनि खुसी हुनुहुन्छ ।उहाँले पाठ्यक्रमको सफल कार्यान्वयन गर्न र आवश्यकता अनुसार परिमार्जन गर्न सरोकारवाला सबैको सहकार्य अत्यावश्यक रहेको बताउँदै शिक्षकहरूको भूमिका अझ बढी हुने बताउनुभएको छ।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 2 मिनेट

