|
|
Smart Waling |
Beskrivelse af spillet Chicken Road
Stosunki do Otrzymania Wygranej w Gry na Automatach w Kasynie Betonred Polska
Roubar o Tesouro de Katanaspin Casino
Rozgrywki Slotowe W Kasynie Spinwinera
Bem-Vindo ao Jogo das Feras do Reino da Sorte no Royalstiger Casino
Revolta dos Prêmios no Gigaspinz Casino
Ceea ce este Chicken Road în lumea jocurilor de noroc?
Rolar Ricos com os Prósperos Jogadores de Happyjokers Casino
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
नेकपा एमाले भीरकोटको प्रथम नगर बैठक सम्पन्न
४ मङ्सिर २०७८
नेकपा एमाले भीरकोटका नवनिर्वाचित पदाधिकारीहरूको प्रथम नगर बैठक सम्पन्न भएको छ । नेकपा एमाले नगरकमिटि अध्यक्ष विश्वनाथ अर्यालको अध्यक्षतामा बसेको बैठकमा उपस्थित नेताकार्यकर्तालाई नगर कमिटी उपाध्यक्ष मिठु अधिकारिले स्वागत गर्नु भएको थियो । नगर कमिटी बैठकमा मार्गनिर्देशन दिदै नेकपा एमाले जिल्ला कमिटि सदस्य तिल बहादुर गुरुङ ज्वाला, नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य एवं महाधिवेशन प्रतिनिधि सन्तोष के सि, गण्डकी प्रदेश कमिटी सदस्य द्वय दुर्गादत्त भुषाल र हर्कबहादुर गुरुङले नवनिर्वाचित नगर कमिटीलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

बैठकको प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष उदय श्रेष्ठले नेकपा एमाले स्याङ्जामा विगत भन्दा धेरै बलियो भएको बताउँदै अझ भीरकोट नेकपा एमाले किल्ला बन्दै गएको बताउनुभएको थियो । बैठकमा नगर अधिवेशनबाट निर्वाचित नगर कमिटीका पदाधिकारीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो । अधिवेशनमा अध्यक्ष मण्डल निर्वाचन समिति, बहस नोट समिति र स्वयंसेवक प्रमुखलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । साथै सम्पूर्ण कमिटी सदस्यहरूलाई डायरी वितरण गरिएको थियोे । बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मा ६ वटा बसमा नेता तथा कार्यकर्तालाई चितवन लाने तयारी गरेकोे छ । यसैगरी कमिटिले नववर्षमा आफ्नो पहिलो मुख पत्र समेत प्रकाशन गर्ने निर्णय समेत गरेको छ।बैठकामा प्रदेश कमिटी सदस्य द्वय दुर्गादत्त भुसाल र हर्कबहादुर गुरुङ तथा महाधिवेशन प्रतिनिधि सन्तोष केसिलाई बधाई तथा सम्मान पनि गरिएको थियो ।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट

