|
|
डेस्क |
Yaamava Casino Overview: Details on Games, Amenities, and Location
Understanding Velvet Spin Casino Online Presence and Features
Vitória no Oopspin Casino: Sorte e Estratégia Conjugadas
Descripción de la ruleta en línea Chicken Road 2: características y modalidades.
Beskrivelse af spillet Chicken Road
Stosunki do Otrzymania Wygranej w Gry na Automatach w Kasynie Betonred Polska
Roubar o Tesouro de Katanaspin Casino
Rozgrywki Slotowe W Kasynie Spinwinera
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
चाडपर्वलाई खाद्यान्न र उपभोग्य सामग्रीमा ध्यान दिन निर्देशन
संसदीय समितिअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीमा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको समितिको बैठकले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीको पर्याप्तता, सुपथ मूल्य पसल र बजार अनुगमनमा ध्यान केन्द्रित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बजारमा काठमाडौँमा चिनी र दुर्गमका जिल्लामा खाद्यान्न अभाव भएको जानकारी आएको भन्दै तत्काल आपूर्तिको व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।
उहाँले विभिन्न पत्रपत्रिकामा दुर्गमका जिल्लामा कुहिएको चामल पठाइएको र केही जिल्लामा दसैंका लागि खाद्यान्न अभाव भएको सुनिएको भन्दै जानकारी माग गर्नुभएको थियो । समितिका सदस्यले चाडपर्वको समयमा बजारमा हुने कालोबजारीमा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभएको थियो । समितिका सदस्य देवेन्द्र पौडेलले राज्यले दिएको छुट उपभोक्ताले अनुभूति गर्न नसकेको भन्दै सुपथ मूल्यका पसलमा पर्याप्त खाद्यान्नको बिक्री वितरणमा जोड दिनुभएको थियो ।
उहाँले सरकारी संस्थान काठमाडौँ उपत्यकामा मात्र केन्द्रित भएको भन्दै दुर्गमका जिल्लामा पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात राख्नुपर्नेमा जोड दिनुभयो ।
सदस्य किसानकुमार श्रेष्ठले विदेशी वस्तुको आयातलाई कम गर्न स्वदेशी बस्तुको खपतमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।
पर्याप्त मौज्दात ः वाणिज्य सचिव
सरकारले चाडपर्वका लागि खाद्य सामग्री मौज्दात पर्याप्त मात्रामा रहेको भन्दै अभाव नहुने जनाएको छ । समितिमा भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले अभाव नहुने बताउनुभएको हो ।
उहाँले सरकारी कम्पनी तथा निजी उद्योगी व्यवसायीसँगले दिएको तथ्याङ्कअनुसार चिनी, तेल तथा चामलको मौज्दात पर्याप्त रहेको बताउँदै बजारमा हल्ला भएअनुसार अभाव नभएको बताउनुभयो ।
समितिका सदस्यको प्रश्नको जवाफ दिँदै साल्ट टे«डिङ कर्पाेरेशनका महाप्रबन्धक उर्मिला श्रेष्ठले कम्पनीसँग मौज्दात रहेको चिनी सकिएपछि काठमाडौँमा मात्रै बिक्री वितरण गर्नुपरेको बताउनुभयो । उहाँले भन्सार छुटमा चिनी आयातको अनुमति नपाउँदा कम्पनीसँग रहेको मौज्दात चिनी सकिएपछि काठमाडौँमा मात्रै बिक्री वितरण गर्नुपरेको स्पष्ट पार्नुभयो ।
“हामीले धरै अगाडीदेखि नै मन्त्रालयमा चिनीको मौज्दात सकिन लागेको र थप खरिदको अनुमति माग गरेका थियौँ । भन्सार छुटमा चिनी खरिदको अनुमति नपाएपछि हामीले जति मौज्दात छ सोही नै बिक्री वितरण गर्दै आएका छौँ’, उहाँले भन्नुभयो, “दुर्गमका जिल्लामा नूनको भण्डारण भइसकेको छ । हामीसँग ११ महिनाका लागि पुग्ने नून मौज्दात छ, अभाव छैन ।”
|
डेस्क |
पढ्न लाग्ने समय : < 2 मिनेट

