
![]() |
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट खेलमैदान : किन भयो अलपत्र ?
खेलकुदले मानिसलाई शारीरिक र मानसिक रूपमा स्वस्थ्य रहन सहयोग गर्दछ।देशमा संघीयता कार्यान्वयन भएसँगै एक स्थानीय तह, एक खेल मैदानको अवधारणा अन्तर्गत स्थानीय तहमा पनि खेलमैदान निर्माण भईरहेका छ्न्।स्याङ्जा जिल्लाको मध्य भागमा अवस्थित बालमैत्री नगरपालिका भीरकोटमा पनि खेलमैदान निर्माण भैरहेको छ।प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको अनुदानमा निर्माणाधीन भीरकोट खेलमैदानका विषयमा निर्माण समितिका अध्यक्ष गोबिन्द कुमार कर्माचार्यसँग स्मार्ट वालिङका संवाददाता प्रकाश अर्यालले लिएको अन्तरवार्ताको सम्पादित अंश……..
१) गोबिन्द जी नमस्कार । आराम हुनुन्छ?
– नमस्कार हजुर। आरामै छु ।
२) भीरकोट खेलमैदानको लागत कति छ? खेल मैदानको डिजाइन/बनावट कस्तो छ?
-भीरकोट खेल मैदान भिरकोट १ सिसौघारीमा निर्माणाधिन छ। यो खेलमैदान ठेक्का प्रक्रिया नगइ उपभोक्ता समितिले नै निर्माण गरेको हो। यो खेलमैदान जति सक्दो धेरै काम गरौं र खेलाडीहरुलाइ खेल्ने सुविधा दिउँ भनेर निर्माण गरिएको हो। यो खेलमैदान निर्माण गर्नका लागि मेरो अध्यक्षतामा काम भैरहेको छ। यसमा मुख्य भुमिका नगरपालिकाले खेलेको छ। यो खेलमैदानको सुरुको कुल लागत ३२ लाख २२ हजार मध्ये प्रदेश सरकारको ३० लाख अनुदान सहयोग रहेको छ।
यो खेल मैदानको डिजाइनको सन्दर्भमा कुरा गर्नुपर्दा लम्बाइ ६० मिटर छ। चौडाइको लागि स्थान प्रयाप्त नरहेको कारणले अझै व्यक्तिको जग्गा किन्नु पर्ने देखिएको छ।आवश्यक जग्गा खरिद गरेपछि मात्रै चौडाइको बारेमा जानकारी हुन्छ।
३) यो खेल मैदान निर्माण गर्नका लागि कुन निकायले बजेट विनियोजन गरेको हो? नगरपालिकाले के कस्तो सहयोग प्रदान गरेको छ?
– यो खेल मैदानको निर्माणका लागि नगरपालिकाको आग्रहमा मेरो अध्यक्षतामा उपभोक्ता समिति गठन गरि काम भएको हो। गण्डकी प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गरेको हो। नगरपालिकाले धेरै भन्दा धेरै सहयोग गरेको छ।सबै वडाका प्रतिनिधि लगायत सम्पुर्ण राजनितिक दलहरुले बेला बेलामा गएर निरीक्षण गर्ने, इन्जिनियर लगायत प्राविधिक टोलीहरु गएर निरीक्षण गर्ने गरेकोले सबैको सहयोग रहेको छ।यो खेल मैदान निर्माणको लागि करिब १ लाख बराबरको माटो ओसारपसार गर्ने र सम्याउने काम मैले व्यक्तिगत खर्चमा गरेको छु।
४) यो खेल मैदानमा राखिएको बोर्ड अनुसार त खेलमैदान २०७८ जेठ ३० मा सम्पन्न भैसक्नुपर्ने हो तर अझै पनि अलपत्र जस्तो देखिन्छ। के कति कारणले अलपत्र परेको हो?
– यो खेल मैदानको ९० प्रतिशत काम सम्पन्न भैसकेको छ।खेलमैदानमा डोजर, ट्रीपर, डम्पर प्रयोग गरि मिस्कटहरु लगेर पुर्ने काम भएको छ। यहाँ एउटा दर्शक स्थल/ प्रतिक्षालय र दुई वटा ट्वाइलेटहरु बनेका छन्। खेलमैदान सम्याएर गिटिले पुर्ने र पर्खाल लगाउने काम भएका छन। यो खेलमैदान निर्माणका लागि भएको सम्पूर्ण खर्चको हिसाबकिताब उपभोक्ता समितिका सचीव राजन केसिले राख्नुभएको छ। कुल बजेटको शतप्रतिशत काम भएको छ। बजेट अभावको कारणले १०० प्रतिशत काम सम्पन्न गर्न सकेनौं। प्रदेश प्रमुखले खेलमैदानको लागि बजेट विनियोजन गराउँछु भन्नू भएको छ ।प्रदेशबाट बजेट विनियोजन भए लगत्तै काम सम्पन्न हुन्छ।
५) यो खेल मैदान आखिर आँधिखोलाको छेउमै/ किनारमै बनाउन लाग्नु भएको रहेछ।नदी सम्बन्धि मापदण्ड पालना भएको छ त? के यो खेल मैदान बाढीको जोखिममा त पर्दैन?
– सुरक्षित ठाउँमा सार्वजनिक जग्गा नपाइएकाले नदीकै किनारमा खेलमैदान बनाउन बाध्य भएका हौँ। धेरै सार्वजनिक जग्गा र केही व्यक्तिगत जग्गा खरिद गरेर खेलमैदान बनाइएको हो।सम्पुर्ण प्राविधिक टोलीहरु आएर निरिक्षण गरेपछि मापदण्ड पालना गरेर यो खेलमैदान निर्माण गर्न लागेका हौँ। यो खेलमैदानको खोलापट्टिको भागमा बलियो वाल/ पर्खाल लगाएका छौं। यो खेलमैदानलाइ सुरक्षित नै ठानेर निर्माण गरिएको हो।
६) यो खेल मैदान सम्पन्न भएपछि के कस्ता खेलहरु खेल्न पाउँछन् त खेलाडीहरुले?
– यो खेलमैदान भीरकोट नगरपालिका भरिको खेलमैदान हो। त्यसैले यो मैदान विशेष गरि युवाहरूको प्रिय खेल फुटबलको लागि बनाइएको हो । यो खेलमैदानको आडैमा अरु खेलहरु पनि संचालनमा आइरहेका छन्।भलिबल, ब्याडमिन्टन जस्ता खेलहरु नजिकै सिसौघारिमा संचालनमा आइरहेको हुँदा आवश्यक परे अरु खेलहरु पनि खेल्न सकिनेछ।
७) तपाईं यो खेल मैदान निर्माणको अध्यक्ष भएर काम गरिरहँदा के कस्ता समस्याहरु झेलिरहनु परेको छ?
– यो खेल मैदान निर्माण गर्नको लागि नगरपालिकाले मुख्य भुमिका निभाएको छ।सबै राजनीतिक दल, समाजसेवी, र सबै खेलप्रेमीहरुको सल्लाह र सहमतिमा बनाएको र बेला बेलामा आएर निरीक्षण गरेको हुँदा खासै समस्याहरु झेल्नु परेन।
८) अन्त्यमा स्मार्ट वालिङ मार्फत खेलमैदानको बारेमा चासो राख्ने खेलाडी तथा खेलप्रेमी महानुभावहरूलाई के भन्न चाहनुहुन्छ?
– यो खेलमैदान अझै संचालन ल्याउन नपाउदा दु:ख लागेको छ। बजेट अभावले गर्दा संचालनमा आउन नसकेको हो।अब छिट्टै निर्माण सम्पन्न भएपछि संचालनमा आउने छ।यो खेलमैदान भीरकोट १ सिसौघारीमा निर्माण हुँदा सबै खेलप्रेमीहरुलाई पायक पर्ने ठाउँ पनि हो। सम्पुर्ण खेलप्रेमी महानुभावहरुले भोलिका दिनमा यहाँ आएर आफ्नो खेल देखाएर, खेल प्रशिक्षण गरेर राष्ट्रिय स्तरको खेलाडी बन्ने अवसर पाउनुहुनेछ।अब यो खेल मैदान छिट्टै संचालनमा आउनेछ।सम्पुर्ण खेलाडीहरुले यो खेलमैदानमा खेल खेल्न पाउनुहुनेछ भन्न चाहन्छु।
![]() |
Smart Waling |
पढ्न लाग्ने समय : < 5 मिनेट