Smart Waling

   तत्कालै
Revolta dos Prêmios no Gigaspinz Casino
Ceea ce este Chicken Road în lumea jocurilor de noroc?
Rolar Ricos com os Prósperos Jogadores de Happyjokers Casino
O Enigma do Spinmacho Casino – Mistérios e Estratégias
O Código Secreto do Luckycapone Casino
Zagraj W Kasynie Roulette na Roulettino
¿Qué es Chicken Road y cómo funciona en el ámbito del juego de apuestas?
Máquina de Apostas do Casino Spinstein

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा

भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण

साम संवाददाता, भीरकोट ८ माघ २०७८

भीरकोटमा रहेका गायन प्रतिभाहरूको खोजी गर्ने उद्देश्यले संचालित गायन प्रतियोगिता “भीरकोट सिङ्गिङ आइडल” २०७७ को पुरस्कार वितरण गरिएको छ । आज भीरकोट नगरपालिकामा आयोजित विशेष समारोहमा विजेताहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

भीरकोट सिङ्गिङ आइडल प्रतियोगितामा प्रथम हुनुभएका आविद अलिले रू ३० हजार नगद सहित अडियो रेकर्ड र म्युजिक भिडियो बनाउने अवसर प्राप्त गर्नुभएको छ । यसैगरी द्वितीय हुनुभएका रोशन बि.सी ले नगद रू २० हजार पुरस्कार सहित निशुल्क अडियो रेकर्ड र भिडियो रेकर्डमा ५०% छुटको अवसर प्राप्त गर्नुभएको छ। तृतीय स्थान प्राप्त गर्नुभएकी आरती कुँवरले नगद रू १० हजार र निशुल्क अडियो रेकर्डको अवसर प्राप्त गर्नुभएको छ । प्रतियोगितामा सान्त्वना स्थान प्राप्त प्रशंसा श्रेष्ठ रू ५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । विजेता सम्पूर्णलाई प्रमुख अतिथी एवं नगर प्रमुख छायाराम खनालले पुरस्कार प्रदान गर्नुभएको थियो ।

पुरस्कार वितरण समारोहमा बोल्दै नगर प्रमुख खनालले कला संस्कृति संरक्षणमा र बाल प्रतिभाको प्रस्फुटनमा नगरपालिका सदैव लागीपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। आयोजक खिलुङ कालिका म्युजिक प्रा.लि.का अध्यक्ष राम कुमार “विन्दास ले स्याङ्जा जिल्ला संगितमय बनाउने र प्रतिभा प्रस्फुटन गराउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको थियो।कार्यक्रममा सलिना थापा मगरले आफ्नो नृत्य समेत प्रस्तुत गर्नुभएको थियो । बालमैत्री भीरकोट नगरपालिका गायन प्रतियोगिताको मुख्य प्रायोजक रहेको थियो ।

 

Facebook Comments Box
Facebook Comments Box