
![]() |
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
साम संवाददाता, वालिङ
१० माघ २०७८
नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रीय सचिव एवं पूर्व मन्त्री पदमा कुमारी अर्यालले संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल स्याङजाको पाँचौ अधिवेशनको उद्घाटन गर्नुहुँदै संघीय सांसद समेत रहनुभएकी अर्यालले सो कुरा बताउनुभएको हो। पेशागत हकहितका लागि विभिन्न नाममा संगठित भएपनि पेशागत मर्यादा र तटस्थतालाई मूल मर्म मानेर पत्रकारिता क्षेत्रलाई विश्वसनीय र मर्यादित बनाउनुपर्नेमा समेत जोड दिदैं उहाँले पत्रकारहरूलाई लोकतन्त्रको रक्षाका निम्ति डटेर कलम चलाउन समेत आग्रह गर्नुभएको छ। अर्यालले संविधानको मर्म र भावना अनुसार समयमै निर्वाचन गर्नुपर्ने कुरामा जोड दिदैं गठबन्धनको सरकार निर्वाचनबाट भाग्न खाजेको आरोप समेत लगाउनु भएको छ।
वालिङमा आयोजित प्रेस चौतारी स्याङ्जाको पाँचौ जिल्ला अधिवेशनले सुशील सुबेदीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।अधिवेशनबाट मणि प्रसाद अर्याल र कला राना उपाध्यक्षमा, जीवन शर्मा अर्याल सचिवमा, सुनिल न्यौपाने र राधाकृष्ण शर्मा सहसचिवमा,माधव गैह्रे कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ।
प्रेस चौतारी स्याङ्जाका निर्वतमान संयोजक मुक्ती न्यौपानेको अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सचिव एवं पूर्व मन्त्री पदमा कुमारी अर्यालको प्रमुख आतिथ्यता सम्पन्न भएको समारोहमा विशिष्ट अतिथिको रूपमा प्रदेश सांसद् मोहन रेग्मी, नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्य कुमार गैह्रे पारस, प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष सुष्मा पौडेल, पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष राधाकृष्ण डुम्रे,नेकपा माओवादी केन्द्र वालिङ नगर कमिटी अध्यक्ष रमेश अर्याल लगायतका व्यक्तित्वहरूको उपस्थिती रहेको थियो। पाँचौं जिल्ला अधिवेशनका अवसरमा चौतारीले संस्थापक अध्यक्ष र पूूर्व अध्यक्षलाई सम्मान गरेको छ । कार्यक्रममा चौतारीका संस्थापक अध्यक्ष राजेन्द्र डुम्रे, पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य हिमलाल पराजुलीलाई सम्मान गरिएको हो।
![]() |
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट