|
|
Smart Waling |
Descripción de la ruleta en línea Chicken Road 2: características y modalidades.
Beskrivelse af spillet Chicken Road
Stosunki do Otrzymania Wygranej w Gry na Automatach w Kasynie Betonred Polska
Roubar o Tesouro de Katanaspin Casino
Rozgrywki Slotowe W Kasynie Spinwinera
Bem-Vindo ao Jogo das Feras do Reino da Sorte no Royalstiger Casino
Revolta dos Prêmios no Gigaspinz Casino
Ceea ce este Chicken Road în lumea jocurilor de noroc?
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
राजनीतिको छक्का पञ्जामा कालिका मा.वि., आरोप प्रत्यारोपको शृङ्खला जारी
साम संवाददाता , स्याङ्जा
पुतलीबजार नगरपालिका वडा नं १३ झापाकोट स्याङ्जाको विद्यालय व्यवस्थापन समिती गठन एवं अभिभावक संघ गठन कार्यक्रममा विवाद भएपछि आरोप प्रत्यारोपका शृङ्खला जारी छ। निवर्तमान अध्यक्ष दोब बहादुर कार्की र पुबनपा का नगर प्रवक्ता तथा सोही वडाका वडा अध्यक्ष ख्याम नारायण अधिकारीलाई समिती गठनमा प्रयोग भएको स्कुल को माइन्युट र उम्मेदवारका नोमिनेशन फार्म सहित फरार भएको आरोप असन्तुष्ट पक्षले लगाएको छ।
पोखरा बसेर पुतलीबजारलाई राजनिती गर्ने माध्यम बनाएको आरोप लगाउँदै असन्तुष्ट पक्षले निवर्तमान अध्यक्ष दोब बहादुर कार्कीले विद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न नसकेको र वडा अध्यक्ष र प्रधानाध्यापकको मिलोमतोमा पुनः अध्यक्ष बन्न खोजेको आरोप लगाएको छ।
यसैगरी वि.सं. २०५५ मा बनेको पुरानो भवनलाई मर्मत संभार गरेर पुन: उद्घाटन गरेको तथा विद्यालयको बस खरिदमा समेत अनियमितता भएको गम्भीर आरोप लगाइएको छ।अभिभावकको इच्छा र चाहनालाई कुल्चेर आफू अनुकुलको व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने खेलमा लागेको आरोप लागेका वडा अध्यक्ष अधिकारीलाई सम्पर्क गर्दा उहाँले अध्यक्षका लागि ५ जना शिक्षाप्रेमी महानुभावहरूले उम्मेदवारी दर्ता गराएको र विद्यमान नगर शिक्षा ऐन अनुसार सर्वसम्मतिको प्रयास असफल हुँदा विवाद भएको स्विकार गर्नुभएको छ।
विद्यमान ऐन अनुसार अध्यक्ष नियुक्तिमा सर्वसम्मती नभए नगर शिक्षा समितिले सिफारिस गरेको व्यक्ती नै अध्यक्ष हुने प्रावधान रहेको बताउँदै उहाँले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा राजनीति गर्न नहुने बताउनुभयो।राजनीतिक प्रतिशोध साँधेर आफूहरू माथि आधारहिन आरोपहरू लगाइएको बताउँदै उहाँले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न पाँचै जना उम्मेदवारहरू योग्य रहेको दोहोर्याउनुभयो।अब विवाद गर्नु भन्दा पनि नगर शिक्षा ऐन अनुसार गरिने विधिसम्मत निर्णयलाई सबैले स्विकार गर्नुपर्ने उहाँको जिकिर छ।
“के निर्वतमान अध्यक्ष र वडा अध्यक्षले हजुरको मिलोमतोमा माइन्युट सहित फरार हुनुभएको हो?” भन्ने हाम्रो प्रश्नमा विद्यालयका प्रधानाध्यापक वीर बहादुर क्षेत्रीले माइन्युट विद्यालयमै रहेको बताउँदै उहाँले आफूले विद्यालयको प्रशासकीय जिम्मेवारी बाहेक अन्य कुनै राजनीतिक भूमिका नखेलेको प्रष्ट पार्नुभयो। “आर्थिक पारर्दशिताको कुरा र विद्यालय भवनको दोहोरो उद्घाटनको वास्तविकता के हो ?” भन्ने अर्को प्रश्नमा सांसद विकास कोषबाट आएको बजेट बराबरको काम गरि पुरानो भवनलाई विद्यालयको आवश्यकता अनुसार मर्मत संभार गरिएको र बजेट व्यवस्थापनमा योगदान दिने सांसद मीन प्रसाद गुरूङकै चाहनामा भवन उद्घाटन गरिएको बताउनुभयो।आर्थिक पारदर्शितालाई आफूले पहिलो प्राथमिकता दिएको बताउँदै उहाँले सरोकारवाला निकायलाई सबै हिसाबकिताब देखाउन आफूलाई कुनै समस्या नभएको दाबी गर्नुभयो।
दुबै पक्षका आरोप, प्रत्यारोप ,दाबी र स्पष्टीकरणका कुराहरू सुन्दा विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतिक छ्क्का पञ्जा भएको प्रष्ट भएको जानकारहरू बताउँछ्न्।विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेर सामुदायिक विद्यालय कालिका मा.वि.को साखलाई कसरी जोगाइराख्ने भन्दा पनि कुन पार्टीको व्यक्ती व्यवस्थापन समितिको नेतृत्वमा आउने भन्ने रस्साकस्सीले दुवै पक्षले विद्यालयमा राजनीति गर्न खोजेको प्रष्ट भएको तटस्थ अभिभावकहरूले बताएका छ्न्।
प्रजातान्त्रिक तरिकाले विद्यालय व्यवस्थापन समिती गठन गर्नुपर्नेमा नगरपालिकाले शिक्षा ऐनको व्यवस्था देखाएर अभिभावकको इच्छा ,चाहनालाई कुल्चेर निर्णय गर्यो भने यसले थप द्वन्द्व निम्त्याउने निश्चित छ।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 2 मिनेट

