|
|
Smart Waling |
Beskrivelse af spillet Chicken Road
Stosunki do Otrzymania Wygranej w Gry na Automatach w Kasynie Betonred Polska
Roubar o Tesouro de Katanaspin Casino
Rozgrywki Slotowe W Kasynie Spinwinera
Bem-Vindo ao Jogo das Feras do Reino da Sorte no Royalstiger Casino
Revolta dos Prêmios no Gigaspinz Casino
Ceea ce este Chicken Road în lumea jocurilor de noroc?
Rolar Ricos com os Prósperos Jogadores de Happyjokers Casino
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
जनएकता युवा क्लबको खेलकुद तथा सांस्कृतिक कार्यक्रमको भव्य समुद्घाटन
स्मार्ट वालिङ संवाददाता , भीरकोट १० पुस २०७८
तमुहरुको महान पर्व २५९९ औं (तो ल्हो) तमु ल्होसारको उपलक्ष्यमा जनएकता युवा क्लब भीरकोटले आयोजना गरेको विभिन्न गाउँस्तरीय भलिबल प्रतियोगिता एवं मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको गण्डकी प्रदेश सरकार युवा तथा खेलकुद मन्त्री राजिब गुरुङ्ग (दिपक मनाङ्गे)को प्रमुख आतिथ्यतामा विविध सांस्कृतिक कार्यक्रम सहित भव्य समुद्घाटन गरिएको छ। क्लबका अध्यक्ष धन बहादुर गुरुङको सभापतित्वमा भएको समारोहमा भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनाल,उपप्रमुख सिमा के.सी. कर्माचार्य ,गण्डकी खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ्ग, नेपाल खेलकुद विकास समिति स्याङ्जा जिल्लाका अध्यक्ष मोहन गुरुङ्ग लगायतका विशिष्ट व्यक्तित्वहरू, खेलाडीहरू, स्थानीयबासीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट मन्तव्य दिँदै गण्डकी खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ्गले ढापुकमा व्यवस्थित खेलमैदान निर्माण गर्न मन्त्रालयले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।साथै उहाँले प्रदेश स्तरको रेफ्री बन्न चाहने खेलाडीलाई निशुल्क तालिमको व्यवस्था गर्ने जानकारी दिनुभएको थियो।
समुद्घाटन समारोहमा बोल्दै भीरकोट नगर प्रमुख खनालले क्लब सामाजिक संस्था भएकाले क्लब समाजका हरेक सदस्यहरूको सुख दु:खको साथी बन्नुपर्ने आवश्यकता औल्याउँदै क्लबले अघि सारेका सबै सामाजिक काममा नगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।क्लब तथा खेलाडीहरूको उत्साह र जाँगरको सम्मान गर्दै खेलकुद कार्यक्रमलाई सफल बनाउन नगरपालिकाको तर्फबाट नगद रू ५०,०००/- सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।

पुस १५ गते समापन हुने गाउँस्तरीय भलिबल प्रतियोगितामा २५ वटा टिमको सहभागिता रहने कार्यक्रमका संचालक तथा क्लबका सचिव रिबन घिमिरेले जानकारी दिनुभएको थियो। प्रथम पुरस्कार नगद रू ७० हजार, द्वितीय पुरस्कार रू ४० हजार,तृतीय पुरस्कार रू २५ हजार र सान्त्वना पुरस्कार रू १५ हजार रहेको क्लबले जनाएको छ।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 2 मिनेट

