|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
एमाले एक्लै गठबन्धनसँग जुध्न तयार छ: एमाले सचिव अर्याल
साम संवाददाता , स्याङ्जा / २३ पुस २०७८
नेकपा एमालेका केन्द्रिय सचिव पद्मा कुमारी अर्यालले गठबन्धनसंग एमाले एक्लै जुध्न तयार रहेको बताउनुभएको छ । नेकपा एमाले आफ्नो शक्ति, जनता र आफ्नो काममा विश्वास राख्ने पार्टी भएको भन्दै शुक्रबार स्याङ्जाको ८औँ जिल्ला अधिवेसनका उद्दघाटनका अवसरमा पुर्व मन्त्री समेत रहनुभएकी अर्यालले यस्तो बताउनुभएको हो । ओली सरकारले जनताको मनमनमा वस्ने काम गरेको भन्दै एमालेकै सरकार जनताले चाहेको उहाँले बताउनुभएको हो ।
सचिव अर्यालले भन्नुभयो,‘सरकारका लागी गठबन्धन गरेका पार्टीहरु पार्टी एकता गरेपनि एमाले जुध्न तयार छ ।’ ओली सरकारले विकास निर्माणका साथै ऐतिहासिक कार्यहरु गरेकाले आगामी निर्वाचनमा एमाले नै पहिलो पार्टीको रुपमा पुन सरकारमा जाने उहाँको दावी छ । विकास र समृद्धिको यात्रामा अगाडि बढेको सरकारलाई सत्ताच्युत गरेर अगाडि बढेका प्रतिगमनकारीहरुले देशलाई संकटमा पारेको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘गठबन्धनको सरकारले भन्न सक्ने कुनै काम गरेको छैन् । देशमा आर्थिक मन्दी छ । विकास ठप्प छ । हिँजो प्रतिपक्षीमा हुँदा गाली गर्नेहरु आज नाजवाफ भएका छन् । ’

जनताले चुनेर बनाएको सरकारलाई ढलाएर देशमा संकट निम्तिरहेका बेला जनताले एमालेको सरकारलाई सम्झिरहेको उहाँको भनाई थियो । कार्यक्रममा एमाले केन्द्रिय सदस्यहरु सिता सुन्दास, सिमा क्षेत्रि, किशोर विक्रम मल्ल, केन्द्रिय अनुशासन आयोग सदस्य चक्रबहादुर पराजुली, संविधान सभा सदस्य टेकू नेपाली र मुक्ति पाठक, पार्टीका गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मी, सांसद नारायण मरासिनी, प्रदेश मिनप्रसाद गुरुङ, डा. गणेशमान गुरुङ, नेताहरु शोभियत ढकाल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, माओवादी केन्द्रका नारायण लम्साललगायतले बोल्नुभएको थियो । जिल्ला अध्यक्ष पारस गैह्रेको अध्यक्षतामा सम्पन्न उद्दघाटन कार्यक्रमको सञ्चालन सचिव सुधिरकुमार पौडेलले गर्नुभएको थियो । देशभरका ६३ जिल्लामा एमाले अध्यक्ष केपि शर्मा ओलीले भर्चुवल माध्यमबाट अधिवेसनको उद्दाटन गर्नुभएकोे छ ।

|
Smart Waling |
पढ्न लाग्ने समय : < 2 मिनेट

