Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा

डायलाइसिस सेन्टरको सबै सेवा निशुल्क र गुणस्तरीय बनाउने प्रयास

साम संवाददाता, वालिङ
७ माघ २०७८

स्याङ्जाको वालिङमा रोटरी  क्लव अफ वालिङको पहलमा संचालनमा आएको सुविधा सम्पन्न वालिङ सामुदायिक डायलाइसिस सेन्टरबाट मृगौला पीडित बिरामीलाई प्रदान गरिने सम्पूर्ण सेवाहरू निशुल्क र गुणस्तरीय बनाउने प्रयास भैरहेको रोटरी क्लव अफ वालिङका पुर्व अध्यक्ष राजेन्द्र डुम्रेले बताउनुभयो।अहिले एक सिफ्टमा ८ जना बिरामीहरूले सेवा लिइरहेका छ्न् ।अहिलेसम्म करिब २० जना बिरामीहरूले सेवा लिइसकेका छ्न्।डायलाइसिस सेवा निशुल्क भए पनि औषधिको लागि भने शुल्क तिर्नुपर्ने रोटरी क्लव अफ वालिङका पुर्व अध्यक्ष डुम्रेले बताउनुभयो।सकेसम्म सबै सेवा गुणस्तरीय र निशुल्क बनाउने प्रयास भैरहेको बताउँदै डुम्रेले स्वास्थ्य बीमाको सुबिधाका लागि पहल गरिरहेको बताउनुभयो। रोटरी क्लब अफ वालिङको प्रस्तावमा रोटेरी इन्टरनेसनल र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको संयुक्त लगानीमा करिब ७ करोड खर्च गरेर संचालनमा ल्याइएको वालिङ सामुदायीक डायलाइसिस सेन्टरमा दैनिक १६ जनाको उपचार गर्ने क्षमता रहेको छ । वालिङ नगरपालिको वडा नम्वर १० भकुण्डेमा सञ्चालनमा ल्याइएको डायलाइसिस सेन्टर संचालन गर्न रोटरी क्लव अफ वालिङ पहलमा रोटरी फाउन्डेसनले साढे ५ करोड लगानी गरेको छ।लगानी जुटाउन र सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन रोटरी क्लब अफ वालिङले भरपुर सहयोग गरिरहेको भएपनि सम्पूर्ण सेवा संचालन एवं  व्यवस्थापकिय जिम्मेवारी भने गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले समालिरहेको छ।

वालिङ नगरपालिकाले उपलब्ध गराएको भवनलाई मर्मत गरेर डायलाइसिस सेन्टर संचालनमा ल्याइएको रोटरी क्लव अफ वालिङका पुर्व अध्यक्ष राजेन्द्र डुम्रेले बताउनुभयो।डायलाइसिस सेवा संचालनमा आएपछि मृगौला पिडित रोगीहरु डायलाइसिस गर्न पोखरा,पाल्पा, बुटबल जानुपर्ने बाध्यताको अन्त्य भएको छ। डायलाइसिस सेन्टरमा हरेक महिना ५०० जनाको फ्री किड्नी परीक्षण एक वर्ष सम्म गरिने बताइएको छ।सरकार ले सामुदायिक हस्पिटलहरुलाई स्वास्थ बीमामा सहज पहुँच नदिएको कारण बिरामी लाई समस्या परेको छ । निजी हस्पिटललाई पहुंच को भरमा सजिलै बीमामा समावेश गर्ने तर सामुदायिक अस्पताललाई फरक नजरले हेर्ने विभेदकारी अवस्थाले बिरामी गरिब तथा असाहय बिरामीहरू सहज उपचारबाट वञ्चित हुनु परेको डुम्रेले दुखेसो गर्नुभयो।

Facebook Comments Box