|
|
Smart Waling |
Beskrivelse af spillet Chicken Road
Stosunki do Otrzymania Wygranej w Gry na Automatach w Kasynie Betonred Polska
Roubar o Tesouro de Katanaspin Casino
Rozgrywki Slotowe W Kasynie Spinwinera
Bem-Vindo ao Jogo das Feras do Reino da Sorte no Royalstiger Casino
Revolta dos Prêmios no Gigaspinz Casino
Ceea ce este Chicken Road în lumea jocurilor de noroc?
Rolar Ricos com os Prósperos Jogadores de Happyjokers Casino
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
प्याब्सन स्याङ्जाको अध्यक्षमा गैह्रे निर्विरोध निर्वाचित
स्मार्ट वालिङ संवाददाता , स्याङ्जा ३ पुस २०७८
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) स्याङ्जाको १४ औं अधिवेशन भव्य र सभ्य समारोहका साथ सम्पन्न भएको छ।स्याङ्जाको सहयात्री पार्टी प्यालेसमा भएको अधिवेशनबाट प्याब्सन स्याङ्जाको अध्यक्षमा पाइनियज एजुकेशन एकेडमीका प्रिन्सिपल मेघराज गैह्रे निर्विरोध निर्वाचित हुनुभएको छ।
१४ औं अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।आज सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमितिका सम्पूर्ण सदस्यहरू निर्विरोध निर्वाचित भएको प्याब्सनका केन्द्रीय सदस्य एवं निर्वाचन समिति संयोजक अमृत अर्यालले जानकारी दिनुभयो।
केन्द्रीय सदस्य अर्यालका अनुसार वरिष्ठ उपाध्यक्षमा शिशु निकेतन मा. वि. स्याङ्जाका सहायक प्रिन्सिपल राजेन्द्र बहादुर गोदार, उपाध्यक्षमा बुद्ध मेमोरियल मा.वि. बयरघारीका सहायक प्रिन्सिपल माधब गैह्रे,सचिवमा स्याङ्जा मा.वि.,स्याङ्जाका प्रिन्सिपल लेखनाथ रेग्मी, सहसचिवमा बालज्योती मा.वि बयरघारीका प्रिन्सिपल रेशम देवकोटा, कोषाध्यक्षमा हिमालयन मा.वि. स्याङ्जाका प्रिन्सिपल हरी प्रसाद अर्याल,सह कोषाध्यक्षमा जीवनज्योती मा.वि बायाँटारीका प्रिन्सिपल यामबहादुर जि.सी (सुनिल) लगायतका सम्पूर्ण कार्यसमिति सदस्यहरू निर्विरोध निर्वाचित हुनुभएको हो।
यसैगरी आज सम्पन्न अधिवेशनले निवर्तमान अध्यक्ष एवं भू. पु सैनिक मा.वि , वालिङका प्रिन्सिपल पूर्ण बहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ।अधिवेशनको उद्घाटन सत्रमा निजी विद्यालय मार्फत स्याङ्जाको शैक्षिक उन्नयनमा कृयाशील व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट

