|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
वालिङ नगरपालिका परिसर
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
रेडियो आँधिखोला सबैभन्दा भरपर्दो र लोकप्रिय संचार माध्यम
साम संवाददाता,वालिङ
२७ पुस २०७८
रेडियो आँधिखोला (१०५.४ मेगाहर्ज) वालिङ नगरपालिकाको सबैभन्दा भरपर्दो र लोकप्रिय संचार माध्यम बनेको छ।वालिङ नगरपालिका -८ घ्याङ्लिङबाट प्रसारण हुने उक्त एफ एम रेडियोबाट प्रसारित सूचना र समाचारलाई वालिङ्बासीहरूले सबैभन्दा भरपर्दो र विश्वासनीय मान्ने गरेको पाइएको हो। शेयर कास्ट इनिसिएटिभ नेपाल र वालिङ नगरपालिकाले पालिकाले प्रदान गर्ने सेवा सुविधा र अन्य जनचासोका विषयलाई आधार मानेर गरेको सर्वेक्षणमा ६० प्रतिशत मानिसहरूले सूचना र समाचारका लागि रेडियो सुन्ने गरेको पाइएको छ।जसमध्ये ७०.५ प्रतिशतले रेडियो आँधिखोला सुन्ने गर्दछ्न्।वालिङ एफ एम १६.८ प्रतिशतले सुन्ने गरेको तथ्यांक छ।जनमत सर्वेक्षणमा सहभागी १६ वर्ष माथिका ५२५ जना मध्ये ४.८ प्रतिशतले रेडियो गल्याङ, २.२ प्रतिशतले रेडियो रामपुर , १.६ प्रतिशतले रेडियो स्याङ्जा , ०.३ प्रतिशतले कालीगण्डकी एफ एम र पाल्पा एफ एम सुन्ने गरेका छ्न्।
वालिङ नगरपालिकाको आधिकारिक वेबसाईटमा प्रकाशित गरिएको तथ्यांक अनुसार ६५ प्रतिशतले वालिङ् टेलिभिजन हेर्ने गरेको पाइएको छ।यसैगरी ३९.३ प्रतिशतले पत्रपत्रिका र अनलाइन संचार माध्यम पढ्ने गरेको पाइएको छ।जनमत सर्वेक्षणमा सहभागीहरूले अकला आवाज र आँधिखोला खबर (दैनिक) लाई सबैभन्दा बढी पढ्ने गरेको पाइएको छ।
वालिङ नगरपालिकाको आधिकारिक वेबसाईटमा प्रकाशित गरिएको तथ्यांक अनुसार अनलाइन संचारका माध्यम र पत्रपत्रिका र टेलिभिजन भन्दा रेडियो आँधिखोला सबैभन्दा भरपर्दो र लोकप्रिय संचार माध्यम बनेको हो।आँधिखोला संचार सहकारी संस्था लिमिटेडले संचालन गरेको सामुदायिक रेडियो आँधिखोला वि.सं. २०६४ मङ्सिर ६ गतेबाट प्रसारणमा आएको थियो।बिहान ५ बजेदेखी बेलुका ११ बजेसम्म दैनिक १८ घण्टा प्रसारण हुने रेडियो आँधिखोलाको क्षमता ५०० वाट रहेको छ।रेडियो आँधिखोला गण्डकी र लुम्बिनी प्रदेशका १५ जिल्लाका करिब ५ लाख स्रोताहरूको पहुँचमा छ।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट

