|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बिसौं वार्षिक साधारण सभा सम्पन्न
स्याङ्जा, पौष ३। सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बिसौं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनको शनिबार सम्पन्न भएको छ । संस्थाको केन्द्रीय कार्यालय स्याङ्जा पुतलीबजार ३ बाडखोलामा र अन्य सेवा केन्द्रहरुमा समेत साधारण सभा तथा अधिवेशन एकैसाथ सम्पन्न भएको कार्यालयले जनाएको छ ।
बाडखोलाको शिशु निकेतन विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्थापक विद्याकुमारी श्रेष्ठले सूर्योदय सहकारी छिटै प्रगतिपथमा अगाडि बढेको देख्दा आफू निकै खुसी भएको बताउनभुयो । संस्थाका अध्यक्ष हुमबहादुर कुमालले सूर्योदय सहकारीले आगामी दिनमा उत्पादमूलक क्षेत्रमा लगानी बढाउँदै सामाजिक उत्तरदायित्वका सेवा क्षेत्रहरुको विस्तार गरिने बताउनभुयो । कार्यक्रममा पुरुषोतम शर्मा, भरतबहादुर मल्ल, गोविन्दप्रसाद शर्मा, रविन्द्रप्रसाद श्रेष्ठ, अनन्तकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो कार्यक्रममा एसईई, प्रविणता प्रमाणपत्र तह, स्नातक गर्ने सेयर सदस्यका सन्ततिहरुलाई सम्मान गरिएको थियो । त्यस्तै सबैभन्दा धेरै बचत गर्ने सेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो भने कार्यक्रममा उत्कृष्ट कर्मचारीतर्फ जुग्ले शाखाकी कनिष्ठ सहायक सङ्गीता लामिछानेलाई र उत्कृष्ट सेवा केन्द्रतर्फ जुग्ले शाखालाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट जिम्मेवारी वहन गरेवापत संस्थाका उपाध्यक्ष बलराम दोरङ्गा र सचिव नारायण रेग्मीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन, लेखाको प्रतिवेदन लगायत विभिन्न समितिका प्रतिवेदनहरु प्रस्तुत गरिएका थिए । सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हुमबहादुर कुमालले गर्नुभएको थियो भने सञ्चालन संस्थाका सचिव नारायण रेग्मीले गर्नुभएको थियो ।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट

