Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
वालिङ नगरपालिका परिस​र
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

निकुञ्जद्वारा नौ तस्करी मुद्दाका आरोपी सार्वजनिक

चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग बिक्री व्यवसाय गरेको आरोपमा मुद्दा लागेका नौ जनालाई सार्वजनिक गरेको छ । निकुञ्जले विभिन्न समय र स्थानमा उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको आइल्याण्ड क्षेत्रमा विसं २०७७ भदौमा गैँडा मारेको अभियोगमा नवलपरासी बुलिङ्टार गाउँपालिका–१ घर भई गैँडाकोट नगरपालिका–१ बस्ने ३२ वर्षीय चतुरे भन्ने गोपाल सारुलाई गत साउन ३२ गते पक्राउ गरेको हो । सोही अभियोगमा धादिङको रोराङ गाउँपालिका–१ बस्ने ३५ वर्षीय कवि भन्ने रामकुमार श्रेष्ठलाई भदौ ६ गते पक्राउ गरिएको थियो ।

निकुञ्जको बहपुर खोला क्षेत्रमा २०७६ कात्तिकमा गैँडा मारेको अभियोगमा मकवानपुरको मनहरी गाउँपालिका–४ बस्ने ३० वर्षीय विजय कान्छ भनिने जयबहादुर प्रजालाई निकुञ्जले भदौ ४ गते पक्राउ गरेको हो । सोही अभियोगमा मकवानपुर मनहरी गाउँपालिका–४ मसिने खोला बस्ने ३६ वर्षीय दिलीप एवं दिलबहादुर प्रजा भन्ने सिंहराम प्रजालाई भदौ ६ गते पक्राउ गरेको छ ।

विसं २०७७ असोजमा निकुञ्जको घाँघर क्षेत्रमा पर्ने बाटुले चौरको खोल्सीमा गैँडा मारेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । सो घटनामा सात जना फरार रहेका छन् । अधिकारीका अनुसार मकवानपुरका सरिखेत गाउँपालिका–९ बस्ने करण मुक्तान भन्ने करण प्रजा, मकवानपुरको मनहरी गाउँपालिका–४ बस्ने मसिने टोङ्ग्रा खोला बस्ने सुरेश प्रजा र मकवानपुर मनहरी गाउँपालिका–४ का २७ वर्षीय बाबु भनिने सरोज मुक्तानलाई भदौ ४ गते पक्राउ गरिएको । निजको स्वास्थ्य अवस्था गम्भीर भएकाले अदालतमा हाजिर हुने गरी छाडिएको छ ।

निकुञ्जको घाँघरपोष्टदेखि १.५ किमीमा पर्ने ढड्डाघारीमा विसं २०७७ जेठमा गैँडा मारेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । उक्त घटनामा पाँच जना फरार रहेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुर बस्ने यादव भन्ने राजन गुरुङ रहेका छन् ।

यस्तै मकवानपुरका सरिखेत गाउँपालिका–९ बस्ने वृन्दासिंह प्रजालाई पनि निकुञ्जले पक्राउ गरेको छ । यसअघि नै दुई वटा गैँडा मारेको मुद्दामा फरार रहेका निजलाई पक्राउ गरी कारागार चलान गरिएकोमा पुनः अर्को दुई मुद्दामा जोडिएपछि अनुसन्धानका लागि निकुञ्ज लगिएको हो । उनीहरुलाई आज निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार चार वटा गैँडा मार्न संलग्न १७ जनामध्ये हालसम्म आठ जनालाई पक्राउ गरिएको छ भने नौ जना फरार रहेका छन् । चालु आर्थिक वर्षमा गैँडा मुद्दाका १४ जना पक्राउ परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गैँडा तस्करमा संलग्न हुने प्रायजसो एउटै परिवारका रहने गरेका छन् । एउटै परिवारका सदस्य मिलेर काम गर्दा सूचना बाहिर नजाने र सुरक्षित भइने भएकाले एकै परिवारका सदस्यहरु बढी संलग्न हुने गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ पक्राउ पर्नेमा तीन जना दाजुभाइ, बाबु–छोरा, साला–भेना, मामाको छोरा–फुपूको छोरा छन् ।” नयाँ प्रविधिको प्रयोग गरेर कसरी तस्करलाई समाउन सकिन्छ भन्ने कुरामा सोच्न जरुरी रहेको उहाँको भनाइ थियो । गैँडा तस्करमा संलग्न भई कारागार जीवन बिताएर फर्किएका नै पुनः यो काममा लागेको पाइन्छ । अघिल्लो आर्थिक वर्षमा २८ जना गैँडा मारी खाग तस्करी गरेको अभियोगमा पक्राउ परेका थिए ।

Facebook Comments Box