|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
माछापुच्छ्रे बचत तथा ऋण सहकारीको १४ औं साधारण सभा सम्पन्न
साम संवाददाता , भीरकोट १० पुस २०७८
माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीरकाेट -१ बयरघारीकाे १४ औं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।संघीय सांसद नारायण मरासिनीको आतिथ्यतामा र संस्थाका अध्यक्ष डोलराज ढुंगानाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा शेयर सदस्यहरू,जनप्रतिनिधिहरू र राजनीतिक दलका प्रतिनिधिहरूको समेत उपस्थिती रहेको थियो।
संस्थाका उपाध्यक्ष तारा बहादुर बस्नेतकाे स्वागत मन्तव्य सँगै सुरु भएकाे कार्यक्रमको संचालन संस्थाका सचिव हरी काफ्लेले गर्नुभएको थियो।आजको साधारण सभाले अध्यक्ष डोलराज ढुंगाना , प्रबन्ध निर्देशक सुन्दर कोइराला र लेखा समितिका संयोजक दुर्गा दत्त भुसालले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।उत्कृष्ट शैक्षिक नतिजा ल्याउने शेयर सदस्यका छोराछोरीलाई नगद पुरस्कार सहित सम्मान गर्दै आएको संस्थाले आज कक्षा १ देखि ९ सम्म उत्कृष्ट नतिजा ल्याउने दिभ्याना सारू र ओजस्वी अर्याललाई र एसइइमा उत्कृष्ट नतिजा ल्याउने अपेक्षा के.सी र कोमल रावत क्षेत्रीलाई पुरस्कार सहित सम्मान गरेको छ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी मरासिनीले सहकारीका सिद्धान्तहरूलाई अवलम्बन गर्दै जनताको जीवनस्तर उकास्ने खालका कार्यक्रमलाई प्राथमिकता दिन संस्थालाई आग्रह गर्नुभएको थियो।गरिबी निवारण र जनताको जीवनस्तर उकास्ने कार्यमा सहकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले माछापुच्छ्रे सहकारीलाई पनि सोही भूमिका खेल्न सुझाब दिनुभएको थियो।१हजार १ सय १८ जना शेयर सदस्य रहको यस सहकारीले १५ करोड भन्दा माथिको कारोबार गर्दै आएको छ।बयरघारीमा प्रधान कार्यालय रहेको यो सहकारीले वडा नं ३ को बानेथोक सेवा केन्द्र र वडा नं ६ को सुन्दरबजार सेवा केन्द्रबाट समेत सेवा प्रवाह गर्दै आएको छ। माछापुच्छ्रे सहकारी भीरकोट -१ , बयरघारीको पुरानो र प्रतिष्ठित सहकारी हो।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट

