|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
नेपाल लाइफको ‘समुन्नत जीवन बीमा योजना’ सार्वजनिक
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नेपाल लाइफ समुन्नत जीवन जीवन बीमा योजना ल्याइएको कम्पनीले जानकारी दिएको छ । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक प्रकृतिको हो ।
विकासोन्मुख देश र भौगोलिक बनावटका कारण नेपालको जीवनयापनमा जोखिम रहेको र पछिल्लो समय ठूला परियोजना निर्माण तीव्र गतिमा अघि बढेकाले ती लगायत पेशागत जोखिम रहेको व्यक्तिहरूलाई लक्षित गरेर बीमा योजना ल्याएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो योजना जोखिमयुक्त पेशाहरू जस्तै स् डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिलक्षित रहेको पनि कम्पनीले जनाएको छ ।

बीमा अवधिभित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्नसक्नु यो योजनाको विशेषता हो । यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बीमा लिन सकिने र १८ वर्षदेखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ । अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम पचास लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिने पनि कम्पनीले जानकारी दिएको छ ।
।
बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुने र ५० हजारदेखि एक करोड रुपैयाँसम्म बीमाङ्क रकमको बीमा गर्न सकिनेछ । वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिकरुपमा बीमा शुल्क भुक्तानि गर्न सकिने यो बीमा योजनामा वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा एक प्रतिशत छुट, त्रैमासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ३ प्रतिशत थप र मासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ६ प्रतिशत थप लाग्नेछ । अर्ध वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा प्रीमियममा थपघट हुनेछैन ।
बीमालेख चालु रही बीमा अवधि समाप्त मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तिको अन्त्यमा बीमाङ्क रकम र आर्जित बोनस बीमितलाई एकमुष्ट भुक्तानी दिइने कम्पनीले जनाएको छ ।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 2 मिनेट

