Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा

लुम्बिनीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किंदै

कोरोना कहरका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ । कोरोना कहर सुरू भएसँगै लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायीहरू निराश थिए भने कतिपय पलायन भएका थिए । कतिपय होटल सञ्चालकले होटल बिक्री गरेर हिँडेका थिए ।

तर, अहिले भने लुम्बिनीमा विस्तारै पर्यटक आगमन बढ्न थालेको र यसले आशाको सञ्चार जगाएको लुम्बिनी होटल संघका महासचिव लिलामणि शर्माले बताए । लुम्बिनीमा चहलपहल बढेसँगै घुम्न आउनेहरू पनि उत्साही देखिएका छन् । ‘यसले व्यवसायीलाई मात्र नभई घुम्न आउनेहरुलाई पनि उत्साही बनाएको हामीले पाएका छौं,’ उनले भने ।

अब सरकारले पर्यटन व्यवसाय उकास्ने गरी कार्यक्रम र योजना ल्याउनुपर्ने महासचिव शर्माले बताए । कोरोना कहर हट्दै जान थालेपछि लुम्बिनी आउन थालेका पर्यटकहरूका लागि उनीहरूको बसाइ अवधि लम्ब्याउने खालका प्याकेज कार्यक्रम सरकारले ल्याउनु जरुरी छ, नभए पर्यटन व्यवसायले खासै फाइदा उठाउन सक्दैन उनले भने ।

कोभिड–१९ को संक्रमणदर कम हुँदै जाँदा यतिबेला लुम्बिनीमा पर्यटकहरूको भीड लाग्न थालेको छ । तेस्रो मुलुकबाट भित्रिनेको संख्या बढ्दै गएको बेला अहिले भारतबाट आउने पर्यटकहरूको संख्या उल्लेख्य छ । संक्रमण नियन्त्रणउन्मुख भएसँगै खुला भएका विद्यालयहरू शैक्षिक भ्रमणमा निस्किन थालेका छन् । लुम्बिनीमा अहिले शैक्षिक भ्रमणमा आउनेको संख्या बढेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

सबै क्षेत्र खुला भएसँगै दैनिक तीनदेखि चारहजार पर्यटक भ्रमणका लागि आउने गरेको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनीमा अघिल्ला महिनाहरूको तुलनामा पर्यटक बढ्दै गएको कोषका सूचना अधिकारी राजन बस्नेतले बताए । लकडाउनमा सबै क्षेत्र ठप्प हुँदा लुम्बिनी विकास कोषले यहाँको सौन्दर्यीकरणका साथै भौतिक पूर्वाधार विकासमा उल्लेख्य प्रगति गरेको छ । त्यसैले पनि पछिल्लो समय लुम्बिनी आउनेहरूको संख्या बढ्न थालेको कोषको भनाइ छ ।

Facebook Comments Box