|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
स्थानीय सरकारले विकासको अनुभूति गराएको छ: अध्यक्ष मानन्धर
स्मार्ट वालिङ संवाददाता , हरिनास ४ पुस २०७८
हरिनास गाउँपालिकाले बाराही आमा समुहलाई २२ थान पोशाक, ४ वटा टेबल, ३० थान कुर्सी लगायतका समानहरू प्रदान गरेको छ।हरिनास -७ सानडाँडामा आयोजित औपचारिक कार्यक्रमका बिच पालिकाले आमा समुहको मागबमोजिम समुहलाई सहयोग गरेको हो। आमा समुहको मागबमोजिम सहयोग गरेकोमा समुहकी अध्यक्ष शर्मीला बि.क.ले पालिका अध्यक्ष खिमनारायण मानन्धरलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो।कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मानन्धरले स्थानीय सरकारले हरिनासमा विकासको अनुभूति गराएको बताउनुभएको छ। जनताले भने अनुसार काम गरे मात्र जनताको प्यारो बन्न सकिने प्रष्ट पार्दै अध्यक्ष मानन्धरले बोलेर मात्र भन्दा पनि काम गरेर देखाए मात्र जनताले नेतालाई विश्वास गर्ने बताउनुभयो । उहाँले हरिनास गाउँपालिकामा एक घर एक धारा अभियानको प्रभावकारी कार्यान्वयन भैरहेको र सबै ठाउँमा खानेपानीको सुविधा पुर्याउने पालिकाको लक्ष्य रहेको बताउनुभयो।हरिनासमा सबैका घरघरमा बाटो पुगेको दाबी गर्दै उहाँले बाटोघाटो निर्माण , शिक्षा , स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर पालिकाले काम गरिरहेको जानकारी समेत दिनुभयो।
कार्यक्रममा बोल्दै समाजसेवी हेमु रानाले आफ्नो सामाजिक तथा राजनीतिक जीवनको चर्चा गर्दै लकडाउनको समयमा जनतालाई राहत बाँडेर सहयोग गरेको स्मरण गर्नुभएको थियो।जनताको सुख दु:खमा साथ दिन पाउँदा आफ्नो मन प्रफुल्ल हुँने बताउँदै उहाँले हरिनासमा एम्बुलेन्स संचालनका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभएको थियो।वडा अध्यक्ष केशमाया थापा,वडा सदस्य धनमाया राना लगायतका जनप्रतिनिधि र समाजसेवीहरूको उपस्थिति रहेको कार्यक्रम संचालन मित्र ढुंगानाले गर्नुभएको थियो।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट


