|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
सुशासनको धज्जी उडाउँदै जनप्रतिनिधि र कर्मचारीहरू : जनता मर्कामा , नियामक निकाय मौन
स्मार्ट वालिङ संवाददाता , भीरकोट
९ पुस, २०७८
भीरकोट नगरपालिकाका वडा कार्यालयहरूमा वडा अध्यक्षहरू र कर्मचारीहरू कार्यालय समयमा वडा कार्यालयमा नभेटिने क्रम बढेको जनगुनासो छ।वडा कार्यालयहरूले सामान्यतया सिफारिस, चार किल्ला प्रमाणित,नाता प्रमाणित, पञ्जीकरण लगायतका कामहरू सम्पादन गर्ने गर्दछ्न् ।काम चाँडो सक्ने अभिप्रायले सेवाग्राही बिहान ठिक १० बजे वडा कार्यालय पुग्दा कार्यालय सहयोगी र रित्ता कोठा, कुर्ची टेबल मात्रै भेटिन्छ्न्।
आज बिहान १०.३० बजे वडा नं ६ को कार्यालयमा पुगेका सेवाग्राहीले कार्यालय सहयोगी मात्रै भेटेको बताउनुभयो।वडा अध्यक्ष र अन्य कर्मचारी कोहि नभेटिएको बताउँदै उहाँले ११ बजेको हाराहारीमा मात्रै आफूले सेवा प्राप्त गरेको बताउनुभयो।वडा नं ८ मा पनि वडा नं ६ कै जस्तो प्रवृती पाइएको एक जना भूक्तभोगी सेवाग्राहीले जानकारी दिनुभयो।
वडाका कर्मचारी बिहान आधी घण्टा ढिलो आउने र बेलुका आधी घण्टा चाँडो जाने गरेको सेवाग्राही तथा प्रत्यक्षदर्शी बताउँछन् ।वडा अध्यक्षहरू विभिन्न कार्यक्रमको बाहनामा कार्यालयमा वा नगरपालिकामा भन्दा पनि अन्यत्र भेटीन्छ्न्।जनताको सेवा गर्ने कसम र प्रतिबद्धता खाएका कर्मचारी र जनप्रतिनिधिको लापरबाहीका कारण सेवाग्राही मर्कामा परेका छ्न् भने भीरकोटमा सुशासन भन्ने कुरा भाषणमा मात्रै सिमित छ भन्ने कुरा प्रमाणित भएको छ।कर्मचारी र जनप्रतिनिधिले सुशासनको धज्जी उडाइरहँदा नियामक निकाय नगर प्रशासन भने मौन देखिन्छ।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसाल सँग सम्पर्क गरी कार्यालय समय कति हो भनी प्रश्न गर्दा कार्यालय समय १०- ४ भएको र समयको पालना गर्न कर्मचारीहरूलाई नियमित निर्देशन दिएको बताउँदै नगरमा सुशासन कायम गर्न आफू प्रतिबद्ध भएको दोहोर्याउनुभयो।कर्मचारीको कामचोर प्रवृती र लापरबाहीको निगरानी नहुँदा कर्मचारीको मनपरी बढेको सेवाग्राहीको गुनासो छ।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट


