Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल

वालिङ साना किसान कृषि सहकारीको तेस्रो वार्षिक साधारणसभा

मोहन सुनार, पौष ८,वालिङ।

यतिबेला दैनिकजसो विभिन्न सहकारी संस्थाहरुको वार्षिक साधारणसभामा सञ्चालन भैरहेका छन् । स्याङ्जाका सहकारी संस्थाहरु पनि वार्षिक साधारणसभामा जुटेका छन् । यसैक्रममा वालिङ ९ स्थित वालिङ साना किसान कृषि सहकारी संस्थाले तेस्रो वार्षिक साधारणसभा गरेको छ । २०७५ सालमा स्थापना भएको सहकारीले विहिबार तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाको उद्घाटन गर्दै गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले स्याङ्जामा करिव ३२ हजार महिलाहरुलाई साना किसानले गोलवद्ध गरिसकेको बताउनुभयो । साना किसान कृषि सहकारीमा विशेषगरी महिलाहरुको सहभागिता रहेको उल्लेख गर्दै नगर प्रमुख अधिकारीले अहिले अरबौं रुपैयाँ साना किसान कृषि सहकारीले लगानी गरिसकेको उल्लेख गर्नुभयो । जिल्लामा सहकारी अभियन्ताकारुपमा समेत परिचित नगर प्रमुख अधिकारीले आँप्mनो पालिकाले ५ हजार लिटर दूध उत्पादन गराएर किसानहरुलाई आत्मनिर्भरता तर्फ अगाडि बढाइसकेको बताउनुभयो । तुलनात्मक हिसावले वालिङ नगरपालिकाले सानाकिसानलाई सम्वोधन गर्न नसकेको समेत उहाँले व्यक्त गर्नुभयो । साना किसान सहकारी बिना गरिवी निवारणको कुनैपनि सम्भावना नभएको ठोकुवा गर्दै नगर प्रमुख अधिकारीले यसमा कुनैपनि सरकारहरु नझुकिदा हुन्छ कि हामी एक्लै हिँडेर विकास गर्न सक्दैनौं भन्ने बुझ्नु पर्ने उल्लेखगर्नुभयो । यसका लागि स्थानीय सरकार प्रमुख उपप्रमुख लगायत वडा अध्यक्षहरुलाई सिकाउन र घच्चच्याउन साना किसान सहकारीका सदस्यहरुलाई आग्रह गर्नुभयो । उत्पादनमूलक उद्योगको रुपमा साना किसान कृषि सहकारीलाई लैजाने अभियान रहेको समेत उहाँले व्यक्त गर्नुभयो । एउटा साना किसानलाई अप्mठ्यारो पर्दा अर्को साना किसानको मन दुखेको हुन्छ भने सामुहिक कार्यले सबैजनालाई सँगै अगाडि बढाउने नगर प्रमुख अधिकारीको भनाई छ ।

स्याङ्जाको पश्चिमी भाग चण्डी भञ्ज्याङदेखि चिन्नेबाससम्म साना किसान कृषि सहकारीले ढाकीसकेको उल्लेख गर्दै हरेक ठाउँका साना किसान सहकारीहरु उत्पादनका क्षेत्रमा लागिसकेको नगर प्रमुख अधिकारीले उल्लेख गर्नुभयो ।
१ हजार २ सय ३६ जना शेयर सदस्य रहेको सहकारीले किसानहरुलाई आँप, लिची, कागती र सुन्तलाका बिरुवा साथै लोकल कुखुराका चल्ला समेत वितरण गदै आएका संस्थाका अध्यक्ष सीता पाण्डे डुम्रेले बताउनुभयो । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट ७० लाख अनुदान समेत प्राप्त गरेको संस्थाले प्लाष्टिक टनेल, हाते ट्याक्टर, कुटानी पिसानी मिल, स्प्रेयर मेशिन तथा सिंचाइका लागि पाइप समेत वितरण गरेको अध्यक्ष पाण्डेले जानकारी गराउनुभयो । उहाँले तेस्रो वर्षको आरम्भसम्म आइपुग्दा संस्थाले ३ करोड ९३ लाख ३९ हजार ६५ हजारको कारोवार गरेको उल्लेख गर्नुभयो ।

Facebook Comments Box

Author