|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट प्रज्ञा प्रतिष्ठान गठन तयारी तिव्र
आश्विन २३, स्मार्ट वालिङ सम्बाददाता,
भीरकोट नगरपालिकाले भीरकोट प्रज्ञा प्रतिष्ठान गठनको तयारी तिव्र पारेको छ।आज नगरपालिकामा आयोजित प्रस्तावित प्रज्ञा प्रतिष्ठान कार्यविधिको मस्यौदा माथि प्राज्ञिक,बौद्धिक,राजनीतिक तथा साहित्यिक अगुवा र पत्रकारहरूको उपस्थितिमा व्यापक छलफल तथा सुझाव संकलन गरिएको थियो।
नगर प्रमुख छायाराम खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लोक संस्कृतिका अध्येता एवं कार्यविधी निर्माण समितिका संयोजक डा. तुलसी खनाल प्रभासले प्रस्तावित कार्यविधी प्रस्तुत गर्दै संयोजनकारी भूमिका निर्वाह गर्नुभएको थियो।कार्यविधी मस्यौदा समितिका सदस्य अमृत अर्यालले संचालन गरेको कार्यक्रममा नगरपालिकाका शाखा प्रमुखहरू, जनप्रतिनिधिहरू, पूर्व प्रधानाध्यापकहरू समेतको उपस्थिती रहेको थियो। छलफल कार्यक्रममा बोल्दै मेयर खनालले प्रज्ञा प्रतिष्ठान गठनको औचित्य माथि प्रकाश पार्दै कोजाग्रत पूर्णिमा सम्म सरोकारवाला सबैलाई छुटपुट सुझाव पेश गर्न आग्रह गर्नुभएको थियो। भीरकोट भौगोलिक,सांस्कृतिक,प्राकृतिक विविधतामा धनी रहेको नगरपालिका भएकोमा खुसी व्यक्त गर्दै उहाँले हाम्रा परम्परा,संस्कार ,धर्म संस्कृतिको संरक्षण गर्नु सबै नगरबासीको कर्तव्य भएको प्रष्ट पार्नुभएको थियो।छलफल कार्यक्रममा आएका सुझाव सहित कार्यविधी परिमार्जन तथा आवश्यक अन्य तयारीहरू पूरा गरेर तिहार अगावै सर्वसम्मत र विधिवत रूपमा प्रज्ञा प्रतिष्ठान गठन गरिने उहाँले बताउनुभयो।

परिचयात्मक कार्यक्रम र दशैंको शुभकामना सँगै सुरू भएको छलफल कार्यक्रममा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका सचिव मन कुमार श्रेष्ठ ,स्याङ्जा साहित्यक प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारी, नेकपा माओवादी भीरकोटका अध्यक्ष मीन प्रसाद कोइराला लगायतका प्राज्ञिक , साहित्यिक एवं राजनीतिक व्यक्तित्वहरूले राजनीतिक आग्रह पूर्वाग्रहबाट बाहिर निस्कदै सेवामुखी भावना भएका प्राज्ञिक व्यक्तिहरूलाई समेटेर छिटो,छरितो र चुस्त खालको प्रज्ञा प्रतिष्ठान गठन गर्न सुझाव दिनुभएको थियो।सहभागी सबैले दिएका लिखित मौखिक सुझावहरूलाई कार्यविधी मस्यौदा समितिका सदस्य एवं शिक्षा शाखा प्रमुख विष्णु कोइरालाले लिपिबद्ध गर्नुभएको थियो।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 2 मिनेट

