Smart Waling

   तत्कालै
Rolar as Oportunidades na Criptoleo Casino
Jogo de Azar em Spinsahara Casino
Stawianie Kursu W Kasyno Highflybet
Oceny Gry Chicken Road 2 – Podgląd Nowości w Zakresie Gier Hazardowych
Yaamava Casino Overview: Details on Games, Amenities, and Location
Understanding Velvet Spin Casino Online Presence and Features
Vitória no Oopspin Casino: Sorte e Estratégia Conjugadas
Descripción de la ruleta en línea Chicken Road 2: características y modalidades.

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा

संगठन सुदृढीकरण र पार्टी अनुशासन आजको आवश्यकता:केन्द्रीय सदस्य श्रेष्ठ

साम संवाददाता, भीरकोट
२८ पुस २०७८

नेपाली काङ्ग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले संगठन सुदृढीकरण र पार्टी अनुशासन आजको आवश्यकता भएको बताउनुभएको छ। भीरकोट नगरपालिकामा आयोजित भेटघाट एवं स्वागत कार्यक्रममा बोल्दै उहाँले पार्टीको अधिवेशनबाट निर्वाचित र उपविजेता सबै मिलेर पार्टी सुदृढीकरण गर्नुपर्ने र पार्टी अनुशासनको पालना गर्दै पार्टीले तोकेको उम्मेदवारलाई आगामी सबै तहको निर्वाचनमा जिताउन लाग्नुपर्नेमा जोड दिनुभएको थियो।
उहाँले भन्नुभयो, “स्याङ्जाको विकासमा म अहोरात्र लागि परेको छु। पार्टीको जुनसुकै जिम्मेवारीमा भए पनि विकास निर्माणको काममा हरदम लाग्नेछु”।

कार्यक्रममा भीरकोट नगर सभापति याम प्रसाद अधिकारीले पार्टीको केन्द्रीय निर्देशनलाई पालना गर्दै आगामी दिनमा भीरकोट कांग्रेसलाई थप सुदृढ र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले थप्नुभयो, “आन्तरिक चुनावमा प्रतिस्पर्धामा रहे पनि हामी मिलेर अगाडि बढेका छौं”।

भेटघाट तथा स्वागत कार्यक्रममा बोल्दै भीरकोट नगर प्रमुख एवं नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधी  छायाराम खनालले भन्नुभयो, “पार्टीलाई सबै पुस्ता चाहिन्छ”। स्थानीय स्तरमा काम गर्दा हामी नेताको प्रतिनिधि हो र केन्द्रीय स्तरमा काम गर्दा उहाँहरू हाम्रो प्रतिनिधि हो । “उहाँले थप्नुभयो, “सच्चिने र सच्याउने कुरा गरौं, होच्याउने कुरा होइन।जनप्रतिनिधि रहँदै गर्दा मैले गरेका कामले कांग्रेसले केही दोष बोक्नु पर्दैन। भीरकोटमा उदाहरणीय र राम्रा काम भएका छन् । सबैको साथ र सहयोग भएर यो  सम्भव भएको छ”।

Facebook Comments Box
Facebook Comments Box