Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा

कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

७ माघ २०७८
स्याङ्जा जिल्लामा कोभिड सङ्क्रमण बढ्दै गएपछि कोरोना कहर नियन्त्रणमा जिल्ला प्रशासनले सक्रियता देखाएको छ। कोराना महामारीको तेस्रो लहर नियन्त्रणमा पालिकाहरूको गतिविधि सन्तोषजनक नरहेका बेला आज स्याङ्जा जिल्लाभित्रका विभिन्न बजार क्षेत्रमा ‘तपाईको मास्क खोई’ अभियान सञ्चालन गर्दै प्रमुख जिल्ला अधिकारी सहितको टोली सडकमा उत्रिएको हो। डिसिएमसिसीको आयोजनामा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल , प्रहरी उपरीक्षक राजिबबहादुर बस्नेत र प्रहरी, पत्रकार सहितको टोली मास्क वितरण गर्दै सडकमा सर्वसाधारणलाई कोभिड सचेतनासम्बन्धी जानकारी दिँदै सडकमा देखिएको हो ।

सचेतना कार्यक्रममा कोभिड सम्बन्धी स्वास्थ्य सजगताका विषयमा माइकिङ गरिनुका साथै सर्वसाधरण, यात्रु तथा पसलका सेवाग्राहीहरुलाई मास्क लगाउन अनुरोध गरिएको थियो। साथै मास्क लगाउन अटेरी गर्नेलाई रु १०० को जरिवाना रसिद काटिएको थियो ।

File:Digital rain banner.gif - Wikimedia Commons

प्रजिअ पौडेल स्वयम् आफैले पनि सिद्धार्थ राजमार्गमा सञ्चालित विभिन्न लामा तथा छोटा दूरीका सार्वजनिक सवारीका साधनमा यात्रुहरुलाई निरीक्षण गर्नुका साथै चालक तथा सहचालकलाई मास्क लगाउन र मास्क नलगाई यात्रुहरुलाई सवारी साधनमा यात्रा नगराउन अनुरोध गर्नुभएको थियो ।

मास्क नलगाई हिँडेने सर्वसाधरण, व्यापारी, ग्राहक, उपभोक्ता, चालक, कर्मचारी आदिलाई प्रजिअ र प्रहरी उपरीक्षकसहितको टोलीले सचेत गराउँदै मास्क वितरण गर्दै स्याङ्जा बजार, प्रगतिनगर, बाडखोला, राङखोला, भीरकोट, वालिङ र गल्याङसम्मका बजार क्षेत्रहरुमा पुगेको थियो ।

स्याङ्जामा कोभिड बढ्दै गएकाले आम नागरिकमा स्वास्थ्य मापदण्ड सम्बन्धी आवश्यक सचेतता र सतर्कता कायम होस् भन्नका लागि आफूहरुले यो अभियान सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोभिड बढदै जाँदा नागरिक स्तरमा यसका प्रतिको सचेतता आवश्यक छ । कोभिड सङ्क्रमण फैलिन नदिन सरकारले तोकेका मापदण्डहरुको पालना गर्नु र गराउनु हामी सबैको दायित्व हो । यसका लागि अभियान सञ्चालन भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने छ ।’

Facebook Comments Box