|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
आँधीखोला गाउँपालिका वडा नं २ को वडा कार्यालय भवनको शिलान्यास
साम सम्वाददाता, पुस १६
आँधीखोला गाउँपालिका वडा नं. २ को वडा कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ। स्थानीय तह निर्वाचनमा आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले आफ्नो कार्यकालमा सबै वडा कार्यालय भवन निर्माण गरी वडा बासिन्दालाई व्यवस्थित रुपमा सेवा प्रवाह गर्ने प्रतिबद्धता गर्नुभएको थियो । चुनावी प्रतिबद्धता अनुसार पाँच वटा वडा कार्यालय भवन सम्पन्न भएको बताउँदै आगामी वर्ष वडा नं २ को भवनसमेत सम्पन्न गरी ६ वटै वडा कार्यालय भवन सम्पन्न गर्ने स्पष्ट पार्नुभएको थियो ।

एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण थालिएको अपाङ्गमैत्री तीनतले भवनको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले एक कार्यक्रमवीच शिलान्यास गर्नुभएको थियो । भवनको शिलान्यास गर्दै अध्यक्ष पौडेलले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले वडा कार्यालय भवन निर्माणमा गुणस्तरीयता कायम गर्न स्थानीयको सहयोग आवश्यक भएको बताउँदै निर्माणको रेखदेख र अनुगमनका लागि सबैलाई आग्रह गर्नुभएको थियो।
कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनु भएको थियो । यस्तै विकास निर्माणका सवालमा जनसहभागिता अनिवार्य रहेकोले जनसहभागिता विनाको विकास सफल नहुने भएकोले स्थानीय जनताको सहभागिता जुटाएर अगाडी बढ्न जरुरी रहेको बताउनुभएको थियो ।
भवन निर्माणका लागि रु १ करोड ८७ लाख ८३ हजार ४ सय ८४ मा टेन्डर गरिएकोमा २५.९१ प्रतिशत ठेक्का घटेर रु १ करोड ३९ लाख १६ हजार ६ सय ५१ मा विवेक एण्ड कुँवर।विद्यामोहन जे.भी. वालिङ ५ स्याङ्जाले भवन निर्माण कार्यको जिम्मा लिएको गाउँपालिका कार्यालयले बताएको छ । निर्माण कम्पनीसँग २०७८ श्रावण १३ गते सम्झौता भएको र आगामी २०७९ श्रावण १३ गते पूर्ण रूपमा सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले बताउनुभयो ।

|
Smart Waling |
पढ्न लाग्ने समय : < 2 मिनेट


