Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
वालिङ नगरपालिका परिस​र
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

फेदिखोला सरकारको उदाहरणीय कार्य : विशेषज्ञ शिविर संचालन गरि नागरिकको निशुल्क स्वास्थ्य उपचार

फेदीखोला, १ माघ २०७८

स्याङ्जाको फेदीखोला गाउँपालिकाले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिलाउने उद्देश्यले आयोजना गरेको पाँच दिने निशुल्क बृहत स्वास्थ्य शिविरबाट १ हजार ४ सय ५७ जनाले सेवा लिएका छन् । प्रत्येक वडामा एक-एक दिन सञ्चालित उक्त शिविरमा ३ सय ६७ जनाको भिडियो एक्सरे, ४ सय ५५ जनाको प्रयोगशाला परिक्षण, ६ सय ५२ जनाको आँखा उपचार गरिएको छ । १ सय ७२ जना महिलालाई स्त्री रोग विशेषज्ञ सेवा सहित निशुल्क औषधी वितरण गरिएको छ ।
पुष २३ गते शुक्रबार वडा नं. ५ को बाँगेफड्के स्वास्थ्य चौकीबाट सुरु गरिएको शिविर भाटखोला स्वास्थ्य चौकी, आरुखर्क स्वास्थ्य चौकी, मट्टिखान स्वास्थ्य चौकी र वडा नं. २ स्थित सिद्धार्थ माविमा सञ्चालन गरिएको थियो ।
शिविरमा स्त्री रोग, मृगौला रोग, हाडजोर्नी नशा, आँखा रोग, प्रयोगशाला परिक्षण देखि नाक कान घाँटी तथा जनरल सेवा पनि प्रदान गरिएको थियो ।
स्त्री रोग विशेषज्ञ डा. नारायण ओझा, डा. प्रेमराज पङ्गेनि र डा. रेखा पौडेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. कल्याण बराल, बरिष्ठ फिजिसियन डा. सुरज बराल र डा. सुरेश परियार, M.D.G.P डा. सन्दिप गुप्ता, डा. सरस्वति ढकाल र डा. अजय के.सि., मेडिकल अफिसर डा. उत्तम लामिछाने र डा. सचिन रानाभाट र २६ जना स्वास्थ्यकर्मी साथै ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
गाउँपालिका स्वास्थ्य शाखा संयोजक खिलप्रसाद पौडेलका अनुसार विशेषत: महिलाको पाठेघरको मुखको क्यान्सरको लागि VIA जाँच गरिएकोमा ५ जनाको पोजेटिभ र २ जनाको संकास्पद देखिएको साथै आँङ खस्ने समस्याको पहिचान गर्दा १८ जनामा देखिएकोमा उनिहरुलाइ Ring Pressary मा तत्कालको लागि उपचार गरिएको र ३ जनाको शल्यक्रिया गर्नुपर्ने भएकोले थप उपचार तथा परिक्षणको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रिफर गरिएको साथै पालिकाले थप समन्वय गर्ने बताउनुभएको छ ।

उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्राइटिस, हड्डी खिइने, पाठेघरको समस्या, आङ खस्ने समस्या, पिसावको संक्रमण र कमजोरी मुख्य स्वास्थ्य समस्याको रुपमा देखिएको छ । त्यसैगरि भिडियो एक्सरेबाट पित्त थैलीको ढुङ्गा, किड्नीस्टोन, कलेजोलाइ बोसोले ढाकेको अवस्था, मृगौला सम्बन्धि समस्या, प्रोष्टेट ग्रन्थि बढेको, हर्निया जस्ता रोगहरु प्रमुख रुपमा देखिएकोमा उपचार सहित परामर्श सेवा प्रदान गरिएको सहसंयोजक रेनुका ढकालले जानकारी दिइन् ।
त्यसैगरि १४ जनाको अपाङ्गता पहिचान तथा सिफारिस समेत गरिएको छ ।
शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले अरु विधाको तुलनामा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेकोले उक्त निशुल्क शिविरमा सहभागी हुन सम्पूर्ण गाउँपालिकावासीलाई अपिल गरेका थिए । सर्वसुलभ स्वास्थ्य सेवाको अभियान नै चलाएको गाउँपालिकाले प्रत्येक बर्ष बिशेषज्ञसहितको बृहत स्वास्थ्य शिविर तथा हरेक महिना ज्येष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम गर्दै आएको छ ।

Facebook Comments Box