|
|
Smart Waling |
What is Betty Casino?
Aventuras na Roda da Sorte do Magneticslots Casino
Rolar as Oportunidades na Criptoleo Casino
Jogo de Azar em Spinsahara Casino
Stawianie Kursu W Kasyno Highflybet
Oceny Gry Chicken Road 2 – Podgląd Nowości w Zakresie Gier Hazardowych
Yaamava Casino Overview: Details on Games, Amenities, and Location
Understanding Velvet Spin Casino Online Presence and Features
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
महाधिवशेन सकिँदा नसकिँदै सांसद मल्ल जनतासँग घरदैलोमा
स्याङ्जा, पौष २, युवराज पौडेल
नेपाली काङ्ग्रेसको १४ औं महाधिवशेन सकिए पनि मतगणनाको परिणाम आउने क्रम जारी नै रहेका बेलामा स्याङ्जा जिल्लाका लोकप्रिय युवा नेता तथा गण्डकी प्रदेश नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक माननीय सांसद भागवत् प्रकाश मल्ल पुनः जिल्लाका विभिन्न ठाउँमा जनताका बिचमा पुगिरहनुभएको छ।
१४ औं जिल्ला अधिवेशनमा स्याङ्जा जिल्ला सभापतिमा जम्मा ३२ मत अन्तरले पराजित मल्ल स्याङ्जा काङ्ग्रेसमा लोकप्रिय नेता मानिनुहुन्छ । उहाँले गत २०७४ सालको आम निर्वाचनमा स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं २ ‘ख’ बाट प्रत्यक्षतर्फ विजय हासिल गर्नुभएको थियो । त्यतिबेला स्याङ्जामा प्रत्यक्ष चुनाव जित्ने एकमात्र काङ्ग्रेस उम्मेदवार उहाँमात्रै हुनुहन्थ्यो ।

तरुण दल स्याङ्जाका अध्यक्ष समेत रहनुभएका सांसद मल्ल महाधिवेशनभन्दा अघि पनि स्याङ्जाका विभिन्न गाउँबस्तीमा पुग्नुभएको थियो । महाधिवेशनमा आफूलाई मतदान गर्नेहरुलाई धन्यवाद दिन पनि उहाँ यतिबेला गाउँबस्तीमा पुग्नुभएको छ । सांसद तथा गण्डकी प्रदेश सचेतक भएर पनि पद र प्रोटोकलभन्दा जनतासँगको सम्बन्धलाई महत्वपूर्ण ठान्ने सरल स्वभावका सांसद मल्ल यतिबेला पुनः गल्याङ, चापाकोट, वालिङ, भीरकोट लगायतका स्थानहरुमा जनताका बिचमा पुगेर जनतासँग भलाकुसारी गरिरहनुभएको छ ।
बिहिबारमात्र उहाँ गल्याङ् नगरपालिका वडा नं ७ मा पुग्नुभएको छ । सोही ठाउँ निवासी पार्वती पाण्डेका पिताको असामयिक निधनमा मृतकप्रति श्रदाञ्जली दिन र शोकसन्तप्त परिवारजनमा समवेदना दिन मल्लसहितको टोली गल्याङ पुगेको हो । मल्लसहित सो कार्यक्रममा नेपाली काङ्ग्रेसका पूर्व क्षेत्रीय सभापति ईश्वर खाँड, गरिमा विकास बैङ्कका अध्यक्ष श्यामप्रसाद बस्याल, नेपाली काङ्ग्रेसका नेता महेन्द्र श्रेष्ठ, महाधिवेशन प्रतिनिधि चन्द्र रानालगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 2 मिनेट

