|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
मल्ल सरको लोकप्रियता र भाइरल भिडियोको अन्तर्य
स्मार्ट वालिङ संवाददाता,
मंसिर २८, वालिङ
भूम्रे माध्यमिक विद्यालयमा मंसिर १५ गते बुधबारको दिन सदा झैँ विद्यालयमा बिहानको प्रार्थना भयो।अनि बिहानी प्रार्थना सकिने समयमा प्रार्थना संचालन गर्नुभएका शिक्षक एकनारायण अर्याल सरले घोषणा गर्नुभयो , “आज सूर्य सरको ६० औँ जन्मदिन । जन्मदिनको पावन अवसरमा विद्यालय परिवारको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना । तर दु:खको कुरा नेपाल सरकारको विद्यमान कानून अनुसार सूर्य मल्ल सरको हाम्रो विद्यालयमा अन्तिम दिन हो । ६० वर्षे उमेर हदका कारण उहाँ भोलि देखि शिक्षकको रूपमा विद्यालय आउनुहुने छैन ।” यो सून्ने बित्तिकै विद्यार्थीहरूका आँखा आँसुले टिलपिल भए । प्रार्थना सकियो । सबै कक्षाकोठातिर लागे । अनि फेरि दोहोरियो रूवाइको दृश्य । उहाँलाई माया गर्ने कक्षा ६ का विद्यार्थीहरू उहाँलाई जन्मदिनको शुभकामना दिँदै रून थाले । सबै कक्षाका विद्यार्थीहरूले सूर्य सरको जन्मदिन मनाए।सर पनि एकदमै भावनात्मक बन्नुभयो । सोही दृश्य विद्यालयका शिक्षिक इन्दु भट्टराई म्याडमले सामाजिक संजालमा पोस्ट गर्नुभयो । अनि भाइरल भयो सूर्य सरको जिन्दगी भरिको कमाइको अतुलनीय दृश्य बोकेको भिडियो । भुम्रे माध्यमिक विद्यालय वालिङ्का निवर्तमान शिक्षक सूर्य मल्ल वालिङ- १० फोक्सिङका स्थायी बासिन्दा हुनुहुन्छ। सामाजिक संजालमा भाइरल भएको भिडियो “शिक्षा” पेज लगायतका अन्य पेजहरूमा हजारौं पटक हेरिएको छ । शिक्षण सिकाइमा ३३ वर्ष बिताउनुभएका मल्लले भूम्रे मा.वि.मा मात्रै १७ वर्ष १० महिना सेवा गर्नुभयो ।

https://www.facebook.com/watch/?v=294176279298387
विद्यालयका प्रधानाध्यापक तिलक पराजुलीका अनुसार बालमनोविज्ञान बुझेर अध्यापन गर्ने, बालबालिकाहरू सँगै बढी घुलमिल हुने र रमाउने स्वाभावका कारण विद्यार्थीहरूको आँखाको नानी बन्नुभएको हो।करिब १८ वर्ष अध्यापन गर्दा विद्यार्थीलाई अक्षर चिनाउने देखि लिएर अन्य भाषिक सीप र सर्वाङ्गिण क्षमताको विकासमा विद्यालय समय बाहेकको समयमा समेत खटिने भएकाले उहाँ विद्यार्थीहरूको सबैभन्दा प्रिय शिक्षक बन्नुभएको हो । आधारभूत तहमा अध्यापन गर्ने उहाँले विद्यार्थीहरूको क्षमता र दक्षतालाई ख्याल गरि मायालु वातावरणमा अध्यापन गर्ने भएकाले उहाँ विद्यार्थीहरू माझ लोकप्रिय बन्नुभएको हो।विद्यालयबाट उहाँको औपचारिक बिदाइ भने अझै भैसकेको छैन् । पुसको पहिलो हप्ता विदाइ गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।
शिक्षकको जिन्दगी भरीको कमाइ भनेकै विद्यार्थीहरूको सफलता र उनीहरूले शिक्षकलाई गर्ने आदर, सम्मान र माया हो।दलको राजनीति गर्ने र जागिर खान मात्रै विद्यालय जाने कार्यकर्तारूपी शिक्षकहरूले मल्ल सरको लोकप्रियता र अनुभवबाट सिक्नु आवश्यक छ।स्थानीय निकायले पनि दलको झण्डा झोला बोक्ने शिक्षकको कुरा सुन्नु भन्दा मल्ल सर जस्ता कर्तव्यनिष्ठ, अनुभवी र योग्य शिक्षकहरूका ज्ञान र अनुभवको सदुपयोग गरेर शिक्षाको गुणस्तर सुधार्न लागिपर्नु आवश्यक छ ।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 2 मिनेट


