Smart Waling

   तत्कालै
Vitória no Oopspin Casino: Sorte e Estratégia Conjugadas
Descripción de la ruleta en línea Chicken Road 2: características y modalidades.
Beskrivelse af spillet Chicken Road
Stosunki do Otrzymania Wygranej w Gry na Automatach w Kasynie Betonred Polska
Roubar o Tesouro de Katanaspin Casino
Rozgrywki Slotowe W Kasynie Spinwinera
Bem-Vindo ao Jogo das Feras do Reino da Sorte no Royalstiger Casino
Revolta dos Prêmios no Gigaspinz Casino

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा

अनलाइन कक्षा पढ्दै आएका दुई हजार बालबालिकाको आँखा परीक्षण

काभ्रेपलाञ्चोक- नमोबुद्ध नगरपालिकामा दुई हजारभन्दा बढी बालबालिकाको आँखा परीक्षण तथा उपचार गरिएको छ । अनलाइन कक्षा पढ्दै आएका उनीहरुको घरदैलो अभियानमार्फत आँखा परीक्षण गरिएको हो ।

कोभिड-१९ का कारण विद्यालयमा पठनपाठन बन्द भएपछि कम्युटर, ल्यापटप र मोबाइलको प्रयोग गरी निरन्तर अनलाइन कक्षामार्फत अध्ययन गर्दा बालबालिकाको आँखामा समस्या देखिएपछि परीक्षण अभियान सञ्चालन गरिएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताए ।

नमोबुद्धले सेवा फाउण्डेशन र बनेपास्थित रेयुकार्य मासुनागा आँखा अस्पतालको सहयोगमा एक महिने अभियान सञ्चालन गरेको हो । आँखा जाँचपश्चात १११ बालबालिकालाई चस्मा वितरण गर्नुका साथै ३६५ जनालाई निःशुल्क औषधिसमेत उपलब्ध गराएको टिम लिडर प्रफुलराज श्रेष्ठले जानकारी दिए ।

‘परीक्षण गरिएकामध्ये ६४ जनामा मोतियाविन्दु देखिएको छ, १४६ जनालाई थप परीक्षण र उपचारका लागि रेफर गरिएको छ’, उनले भने । दुई सय ४२ आँखाका बिरामीको प्राथमिक उपचार केन्द्र भकुण्डेमा उपचार गरिएको थियो ।

नगरका केही वडामा वृद्धवृद्धाको समेत आँखा परीक्षण गरिएको थियो । नगरले श्रवणशक्ति कम भएका व्यक्तिका लागि निःशुल्क कान सुन्ने मेशिन उपलब्ध गराउने, विद्यालय जाने बालबालिकाको निःशुल्क बीमा गराउने, विपन्न परिवारको स्वास्थ्य बीमा गर्नेलगायत कार्यक्रम सुरु गरेको नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box
Facebook Comments Box