Smart Waling

   तत्कालै
Vitória no Oopspin Casino: Sorte e Estratégia Conjugadas
Descripción de la ruleta en línea Chicken Road 2: características y modalidades.
Beskrivelse af spillet Chicken Road
Stosunki do Otrzymania Wygranej w Gry na Automatach w Kasynie Betonred Polska
Roubar o Tesouro de Katanaspin Casino
Rozgrywki Slotowe W Kasynie Spinwinera
Bem-Vindo ao Jogo das Feras do Reino da Sorte no Royalstiger Casino
Revolta dos Prêmios no Gigaspinz Casino

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा

नेपालमै पहिलो पटक ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ को कक्षा संचालन गर्दै ब्रिटिस कलेज

प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय’को पढाई हुने भएको छ । कलेजले एक औपचारिक कार्यक्रमको आयोजना गरेर ब्रिटिस इन्जिनियरिङ्ग काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट समेत मान्यता पाएको विषय ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’को पढाई युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्ड (युडब्लुइ)को सम्बन्धनमा सुरु गर्ने जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् । त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले नयाँ शैक्षिक कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गरे । नेपाल राष्ट्र बैंकले पनि साइबर सेक्युरिटीको क्षेत्रमा दक्ष जनशक्तिको अभाव महसुश गरेको बताउँदै मिश्रले ब्रिटिस कलेजले यस्तो पाठ्यक्रमलाई संचालन गर्न लागेकोमा खुसी व्यक्त गरेका हुन् । नेपालमा एटीएम ह्याक हुँदा त्यसको अनुसन्धान गर्न सिंगापुरबाट महँगो रकम तिरेर जनशक्ति ल्याउनुपरेको तितो यथार्थ पोख्दै मिश्रले ब्रिटिस कलेजबाट यस क्षेत्रलाई योगदान पुर्‍याउने जनशक्ति निर्माण हुने विश्वास व्यक्त गरे । उनले साइबर सेक्युरिटी विषय पढ्नको लागि अब विदेश जान नपर्ने अवस्था आएको समेत बताए ।

सोल्टी होटलमा भएको कार्यक्रमको सुरुवात ह्याकिङले हाल देशमा निम्त्याएको खतरालाई प्रतिनिधित्व गर्ने विषयसँग सम्बन्धित विशेष नृत्यबाट भएको थियो । त्यसपछि फ्याक्ट्स नेपालले तयार पारेको शैक्षिक कार्यक्रमसँग सम्बन्धित तथ्य सामग्री प्रस्तुत गरेको थियो । तथ्य सामग्री प्रस्तुत गर्दै फ्याक्ट नेपालका मनिष झाले नेपालमा यस क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव रहेको बताए ।

त्यस्तै, साइबर सेक्युरिटी सम्बन्धी तथ्य सामग्रीसहित प्रस्तुत भएका एनसेलका प्रमुख सूचना अधिकारी विशाल उपाध्यायले पनि केही पछिल्लो समय सूचना प्रविधिले फड्को मारेको भन्दै चुनौति पनि थपिएकोले यस क्षेत्रमा काम गर्ने जनशक्ति देशलाई पनि आवश्यक रहेको औल्याए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव अनिलकुमार दत्तले पनि आफ्ना भनाईहरु राख्दै डिजिटल नेपालको अवधारणमा जानको लागि सूचना प्रविधिको क्षेत्रमा धेरै कामहरु भइरहेको बताए । उनले सञ्चार मन्त्रालयमा पनि साइबर सेक्युरिटी सेन्टरको स्थापना भएको बताए । उनले ब्रिटिस कलेजले यस्तो शैक्षिक कार्यक्रमको सुरुवात गरेको भन्दै अन्य कलेजहरुले पनि यस्तो विषयको पढाई थाल्नुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढेकोले साइबर सेक्युरिटी तथा डिजिटल फरेन्सिकको क्षेत्रमा ठूलो माग रहेको बताए । यसै क्षेत्रसँग सम्बन्धित शैक्षिक कार्यक्रम नेपालमै नौलो भएको भन्दै उनले भने, ‘नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढिरहेको छ त्यसैले देशभित्र साइबर सुरक्षा र डिजिटल फरेन्सिकको ठूलो आवश्यकता छ । यस्ता शैक्षिक कार्यक्रमहरु मार्फत हाम्रो सुरक्षा हुनेछ र सुरक्षित डिजिटल नेपाल निर्माण गर्न मद्दत गर्न हामीले चाहेका छौं । साथै, यस कार्यक्रमबाट नेपाली युवाहरुले विश्व बजारमा प्रतिस्पर्धा गर्न ज्ञान र सीप प्राप्त गर्नेछन् ।’

सीईओ कँडेलको सम्बोधनपछि प्यानल छलफल सुरु भएको थियो । नेपाल प्रहरीका पूर्व नायब महानिरिक्षक डा. राजिव सुब्बाले सहजकर्ताको भूमिका निर्वाह गरेको प्यानल छलफलमा उनले नेपालमा साइबर सुरक्षा र डिजिटल फरेन्सिकको अवस्थालाई प्रकाश पारेका थिए । प्यानल छलफलमा नेपाल दूरसञ्चार प्राधिकरणका निरिक्षण विभागका निर्देशक विजयकुमार रोय, खल्तीका सीइओ बिनय खड्का, इमिनेन्स वेजका कार्यकारी निर्देशक नारायण कोइराला, नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी नायव उपरीक्षक पशुपति रे, स्ट्याण्डर्ड चार्टर्ड बैंकका सीआइओ सुजित श्रेष्ठ तथा एनसेलका आइएटी विभाग प्रमुख यस्मिनी भट्टराईले साइबर सुरक्षा र डिजिटल फोरेन्सिकको बारेमा आफ्ना भनाई राखेका थिए ।

कलेजले सन् २०२२ को जनावरीबाट ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’कार्यक्रमको पढाई सुरु गर्दैछ।

Facebook Comments Box
Facebook Comments Box