Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा

आँधीखोला गाउँपालिकाको कर्मचारी संगठनमा बालकृष्ण शर्मा

स्मार्ट वालिङ संवाददाता , आँधिखोला ६ पुस २०७८

नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति स्याङ्जाकाे आयाेजनामा आँधीखाेला गाउँपालिका स्तरीय बृहत् कर्मचारी भेला तथा प्रथम इकाई अधिवेशन सम्पन्न भएको छ।अधिवेशनबाट बालकृष्ण शर्माको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित भएको छ।यसैगरी उपाध्यक्षमा सुमित्रा ढकाल, सचिबमा निराजन लामिछाने, कोषाधक्ष्यमा बलराम न्याैपाने निर्वाचित हुनुभएको छ।सदस्यहरूमा देवकी शर्मा, सन्तोष पौडेल, बाबुराम बि.क., खिमानन्द सापकोटा, मिलन पौडेल, बिशाल जि.सी., विबेक आचार्य, टेक नारायण रिमाल र मिना ढकाल निर्वाचित हुनुभएको छ।नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती स्याङ्जाका अध्यक्ष अमर बहादुर पराजुलीको अध्यक्षता र गाउँपालिका अध्यक्ष सुधीर कुमार पौडेलज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा आधिकारिक ट्रेड युनियन स्याङ्जाका अध्यक्ष राजु मरासिनी , नेकपा एमाले जिल्ला कार्यसमिति सदस्य देव बहादुर क्षेत्री, नेकपा एमाले आँधीखोला गाउँपालिका अध्यक्ष सिंह बहादुर क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी लगायतका विशिष्ट व्यक्तित्वहरू र कर्मचारीहरूको उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष पौडेलले निजामती कर्मचारीहरू स्थायी सरकार भएको कुरामा जोड दिदैं कर्मचारीले गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गरेमा मात्र जननिर्वाचित सरकारहरू सफल हुने प्रष्ट पार्नुभएको थियो।कर्मचारीहरूलाई कर्तव्यनिष्ट र जिम्मेवार भएर जनताको सेवा गर्न आग्रह गर्दै आफ्नो क्षमता र दक्षता अभिवृद्धिमा समेत लाग्न सुझाब दिनुभएको थियो।

यसैगरी जिल्ला संगठन अध्यक्ष पराजुलीले  सम्पूर्ण कर्मचारीहरूले आफ्नो संगठन मार्फत पेशागत हकहितका साथसाथै जनतालाई चुस्त ,दुरूस्त र सहज सेवा प्रदान गरि सुशासन कायम गर्न सहयोग गर्नुपर्ने बताउनुभयो।साथै उहाँले जिल्लाका ११ वटै पालिकामा तिब्र रूपमा संगठन विस्तार गरिने बताउनुभयो।

Facebook Comments Box