admin

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल

Bheerkot Idol को उपाधी अबिद अलिलाई

आश्विन २३, प्रकाश अर्याल,

भीरकोटको शान, कला र गलाको सम्मान भन्ने मुल मन्त्रका साथ सुरु गरिएको भिरकोट आइडलको ग्रान्ड फिनाली असोज २३ गते सम्राट सदनमा सम्पन्न भएको छ। खिलुङ कालिका म्युजिक एण्ड मुभिज प्रा. लि. ले आयोजना गरेको क्षमतावान र राष्ट्रिय स्तरको प्रतिभाको खोजी कार्यक्रम First Bheekot Singing Idol को उपाधी अबिद अलिले हात पारेका हुन । आज उत्कृट दश प्रतिस्पर्धीहरुले आ-आफ्नो प्रतिभा देखाएका थिए । उनीहरूको आजको गायन प्रस्तुतिको आधारमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान केन्द्रको पूर्व केन्द्रिय सदस्य पार्वती जि सि, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य जय कुमार परियार, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जिल्ला स्याङ्जाका अध्यक्ष ऋषि डुम्रे, लोक दोहोरी प्रतिष्ठान जिल्ला स्याङ्जाका सचीव राजेश भण्डारी लगायतको निर्णायक मण्डलले सबैभन्दा राम्रो गाउने अलिलाई प्रथम घोषणा गरेका हुन्। कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

खिलुङ कालिका म्युजिक एण्ड मुभिज प्रा लि का प्रबन्धक निर्देशक रामकुमार भण्डारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा, प्रमुख अतिथि भीरकोट नगरपालिकाका मेयर छायाराम खनाल , विशिष्ट अतिथी भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर के. सि. , अतिथीहरु अमृत अर्याल, दिनेश सुवेदी, प्रकाश अर्याल, प्रतीक्षा पराजुली, बिबेक थापा, किशोर पाठक लगायत करिब २०० जनाको सहभागिता रहेको थियो ।

प्रथम Bheerkot Idol को गायन प्रतिस्पर्धामा रोशन सुनार दोस्रो, आरती कुँवर तेस्रो , प्रशंसा श्रेष्ठ र प्रतीक्षा बि क सान्त्वना भएका छन । नतिजा आजै घोषणा गरिएको भए पनि उपाधी र पुरस्कार वितरण भने पछि एक औपचारिक कार्यक्रमका बिच हुने प्रबन्ध निर्देशक भण्डारीले जानकारी दिनुभएको थियो।कार्यक्रममा उपस्थित सबै अतिथी र उत्कृट १० प्रतिस्पर्धीहरुलाइ खादा र मायाको चिनोले सम्मान गरिएको थियो।

बालमैत्री भीरकोट नगरपालिका मुख्य प्रायोजक रहेको यो कार्यक्रमका विजेताहरूको लागि प्रथम र द्वितीय पुरस्कारको प्रायोजन पुन रेकर्डिङ्ग स्टुडियो, पोखराले गरेको छ भने तृतीय पुरस्कारको प्रायोजन मदन एन्ड सन्स फर्निचरका संचालक सन्दिप के.सि.ले गर्नुभएको छ।नेपाली कांग्रेस भीरकोटका वर्तमान नगर सभापति तोयनाथ अर्यालले कार्यक्रमको ब्यानर निर्माणमा सहयोग गर्नुभएको छ । यसैगरी ओरेन्ज ट्री रेष्टुरेन्ट सुम्रेखोला, स्याङ्गजाले पम्पेलेट छपाइमा सहयोग गरेको छ ।कार्यक्रम संचालनका लागि सम्राट सदन, बयरघारीले हल प्रदान गरि सहयोग गरेको छ । भीरकोटका शुभलक्ष्मी बचत तथा ऋण सहकारी, दर्लामी रेस्टुरेन्ट, गुरूङ फेन्सीले कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गरेका छ्न् । अर्याल मिस्ठान्न स्याङ्गजाको समेत सहयोग पाएको यो कार्यक्रममा शैक्षिक पार्ट्नर एन्जल कोरियन पोखरा र बालोदय माध्यमिक विद्यालय, सुन्दरबजारले पनि शैक्षिक सहयोगीको भूमिका निर्वाह गरेका छ्न् । मिडिया सहयोगीका रूपमा भीरकोट खबर डट कम , स्याङ्गजा एफएम 89.6, स्याङ्गजा, वालिङ्ग टेलिभिजन, रेडियो आँधिखोला 105.4, वालिङ्ग र आँधिखोला एक्सप्रेस सहकार्य गरेका थिए । स्थानीय कार्यक्रम भएपनि क्षमतावान राष्ट्रिय स्तरको प्रतिभा छनोट गर्ने उद्देश्य राखेको यो कार्यक्रमले सम्पूर्ण सहयोगी संघ संस्था तथा व्यक्तिहरूलाई धन्यवाद दिएको छ।

Facebook Comments Box

Author