|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
वालिङ नगरपालिका परिसर
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
‘सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गरिने’
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
मन्त्रालयद्धारा आज यहाँ आयोजित ‘दूरसञ्चार सेवाको पहँुच प्रवाह तथा गुणस्तर’ विषयक अन्तक्र्रिय कार्यक्रममा उहाँले भन्नुभयो, “सूचना र प्रविधिमा सबैको पहुँच विस्तार गर्नका लागि सूचना प्रदायक निकाय र जनप्रतिनिधिसँग छलफल गरी आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिनेछ ।”
मन्त्री गुरुङले सातै प्रदेशमा सूचना र प्रविधिको विस्तार र विकासमा भएका पहलको समीक्षा गरी नयाँ योजना तयार गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा सूचना र प्रविधिको विकास र विस्तारमा प्रदेश नं १ मा भएका प्रयासको समीक्षा गर्दै सेवालाई गुणस्तरीय बनाउन सम्बन्धित क्षेत्रबाट निर्वाचित सांसदको सुझाव सङ्कलनसमेत गरिएको छ । मन्त्रालयले शुक्रबारदेखि सातै प्रदेशमा सूचना प्रविधिका क्षेत्रमा भएका प्रगतिको समीक्षा गरी सुझाव सङ्कलन गर्ने भएको छ ।
सो अवसरमा प्रदेश नं १ बाट प्रतिनिधित्व गर्ने सांसदहरुले नेपाल टेलिकमले इन्टरनेट र मोबाइल नेटवर्कमा आउने समस्या समाधन गर्नुपर्ने सुझाव दिनुभयो । सांसद डा विजय सुब्बाले ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार गरी आम नागरिकको पहँुचमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । अर्का सांसद यज्ञराज सुनुवारले प्रदेश नं १ को पहाडी जिल्लामा अझै सञ्चारको पहुँच पुग्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सरोकारवालाको सुझावका आधारमा मन्त्रालयले आर्थिक वर्ष २०७८÷७९ मा दूरसञ्चारसम्बन्धी रणनीति बनाउने तयारी गरेको जानकारी दिनुभयो ।
दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विगत तीन वर्षयता इन्टरनेट विस्तारको काम द्रूतगतिमा अघि बढाइएको जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/८२ सम्ममा थप नौ लाख सेवाग्राहीको घरमा इन्टरनेट सेवा विस्तार गरिने उहाँको भनाइ छ ।
नेपाल दूरसञ्चार प्राधिकारणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण दूरसञ्चार सेवा कोष प्रयोग गरी सूचना महामार्ग निर्माणमा अप्टिकल फाइवर बिछ्याउने काम भइरहेको बताउनुभयो ।
#copied
|
Smart Waling |
पढ्न लाग्ने समय : < 2 मिनेट

