|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
कार्यविधि कुल्चेर सिफारिस : भीरकोटमा धनाढ्यहरू अतिविपन्नको सूचीमा
स्मार्ट वालिङ संवाददाता , भीरकोट ७ पुस २०७८
भीरकोट नगरपालिकामा नेपाल सरकारले जारी गरेको “कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधी -२०७८” कुल्चेर लाभाग्राहीको नामावली प्रकाशित गरिएको छ। जसको कारण वास्तविक विपन्न र योग्य लाभग्राही भन्दा पनि सम्पन्न धनाढ्यहरू लाभग्राहीको सूचीमा परेका छ्न्। नगरपालिकाले आफ्नो आधिकारिक वेबसाइट https://bheerkotmun.gov.np मार्फत पौष ५ गते सूचना जारी गर्दै दाबी विरोधका लागि ३ दिनको समय दिएको थियो। दाबी विरोधको समय आज सकिने भए पनि वेबसाइट भन्दा पनि सामाजिक संजालमा सक्रिय रहने नागरिकको अगाडी नगरपालिकाको आधिकारिक फेसबुक पेजमा भने लाभग्राहीको नाम हिजो मात्रै प्रकाशित भएको थियो। कार्यविधि अनुसार वडाको सिफारिसमा छनोट हुने अतिविपन्न परिवारले रू १०,००० नगद राहत पाउने व्यवस्था छ।यसैगरी कार्यविधिमै नगद राहत प्राप्त गर्न योग्य र अयोग्य लाभग्राही भनी स्पष्ट उल्लेख छ।
लाभग्राही हुनको लागि विगतमा गर्दै आएको रोजगारी पूर्ण रूपमा गुमाएको,रोजगारीको अर्को अवसर प्राप्त गर्न नसकेको असंगठित क्षेत्रको कामदार तथा मजदुर हुनुपर्छ ।यसैगरी खुला सडक, चौर, खर्पन आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी हुनुपर्छ।दैनिक ज्यालादारी ,मजदुरी गर्ने वर्गको व्यक्ती हुनुपर्छ ।यसका साथ साथै कोभिडको महामारीमा परि परिवारको मुख्य आम्दानी गर्ने व्यक्ती गुमाएर आर्थिक संकट बेहोर्नु परेको परिवार मात्रै नगद राहतका लागि योग्य हुन्छ्न्। तथापि वडा अध्यक्षहरूले कार्यविधीलाई कुल्चेर विपन्न भन्दा पनि व्यापारी, स्थायी शिक्षक, सम्पन्न परिवारलाई बढी सिफारिस गरेका छ्न्।राम्रोसँग छानबिन गर्ने हो भने अहिले सिफारिस गरिएका ३९० मध्ये मुस्किलले ९० परिवार मात्रै लाभग्राहीको सूचीमा पर्ने कार्यविधिको राम्रो अध्ययन गरेका जानकारहरू बताउँछन्।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट


