Smart Waling

   तत्कालै
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा

अजित उत्सवको ‘आकाशगङ्गाको किनार’ कविता सङ्ग्रह विमोचन

स्याङ्जा,१० पौष २०७८
युवराज पौडेल

स्याङ्जाका युवा साहित्यकार तथा कवि अजित उत्सवको ‘आकाशगङ्गाको किनार’ कविता सङ्ग्रहको शनिबार विमोचन गरिएको छ । स्याङ्जाको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा उक्त कविता सङ्ग्रहको स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले विमोचन गर्नुभएको हो ।
उक्त गृह विमोचन तथा कविता वाचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार विश्वप्रेम अधिकारीले अजित उत्सवले स्याङ्जाली कविताका क्षेत्रमा एउटा नयाँ इटा थपेको बताउनुभयो । उहाँले स्याङ्जाली युवा जगत्‌मा उत्सवको कविता सङ्ग्रहले आशा र भरोसा जगाएको बताउँदै यो कवितामा सशक्त डायोस्परिक चेतना रहेको बताउनुभयो ।
कृति विमोचन कार्यक्रममा बोल्दै समीक्षक लक्ष्मी थापाले यो कविता सङ्ग्रहले राजनीति, समाज, परिवार, प्रेम र जीवनका विषयमा गहिरो चिन्तन प्रस्तुत गरेको बताउँदै शैली र शिल्पमा समेत उत्सव खरो उत्रिएको बताउनुभयो । समीक्षक त्रिभुवन शर्माले स्याङ्जाली माटोले गर्व गर्न लायक कृतिका रुपमा उत्सवको कविता सङ्ग्रह आएको बताउनुभयो । प्रा.डा.यमबहादुर पौडेलले उत्सवको कविता कृतिमा राष्ट्रिय अन्तरार्ष्ट्रिय विषयहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै स्याङ्जा साहित्य प्रतिष्ठानका सचिव तथा त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका प्रमुख बाबुकुमार सिग्देलले उत्सवका कवितामा हृदयलाई छुने संवेदना देखिएको बताउनुभयो । स्रष्टा कवि अजित उत्सवले आफूले खाडीको व्यस्त जीवनमा थोरै फुर्सद निकालेर यो कविता सङ्ग्रह तयार पारेको बताउँदै आफूले यस कवितामा राम्रो गर्ने प्रयास गरे पनि कविताको गुणस्तरको जिम्मा पाठकलाई दिएको बताउनुभयो । सो कार्यक्रममा साहित्यकारहरु चिन्तु गिरी, दुर्गाबहादुर रोकाहा, त्रिभुवन शर्मा, लोकराज शर्मा, श्रीकान्त अर्याल, प्रमोद पंज्ञानी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै कृतिका बारेमा बोल्नुभएको थियो ।
सो कार्यक्रमको अध्यक्षता स्याङ्जा साहित्य प्रतिष्ठानका उपाध्यक्ष टीकाराम वाग्लेले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन लेखक तथा समीक्षक युवराज पौडेलले गर्नुभएको थियो ।

Facebook Comments Box