|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
UNDP द्धारा भीरकोट नगर अस्पतालमा सोलार प्यानल जडान ।
साम संवाददाता, वालिङ
भीरकोट नगर अस्पतालमा सोलार जडान गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहयोगमा अस्पतालनमा सोलार जडान गरिएको हो । अस्पतालमा १० केविए क्षमताको ३० वटा सोलार प्यानल जडान भएको अस्पतालका व्यवस्थापक छायादत्त रेग्मीले जानकारी दिनुभयो । सोलार जडान पश्चात अस्पतालको सेवा प्रवाह प्रभावकारी भएको रेग्मीले बताउनु भयो । उहाँले भन्नुभयो,‘अहिले अस्पतालमा लाईन भएको र नभएको थाहै हुँदैन ।’
अस्पतालको सेवाप्रवाह प्रभावकारी बनाउन निरन्तर काम गरिरहेको भन्दै भीरकोट नगरप्रमुख छायाराम खनालले बिद्युत आपुर्तीमा समस्या नभए पछि सेवाग्राहीलाई निक्कै सजिलो हुने बताउनु भयो । उहाँले भन्नुभयो,‘अस्पतालमा निकट भविश्यमा नै शुरु हुन लागको डाईलाईसिस सेवाका लागि सोलार बिद्युतले महत्वपूर्ण सहयोग पुर्याउने छ ।’

जिल्लाको मुख्य भागमा रहेको अस्पतालमा सबै प्रकारका सेवा उपलव्ध हुने गरी तयारी भईरहेको नगरप्रमुख खनालको भनाई छ । अस्पताल संवेदनशिल ठाँउ रहेको र सेवा निरन्तर सूचारु रहोस् भनेर युएनडिपीले सहकार्य गरेको युएनडिपीका गण्डकी लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले बताउनुभयो ।
बैकल्पिक उर्जाको प्रयोगले कार्वन उत्सर्जनमा समेत नियन्त्रण आउने र वातावरण संरक्षण हुने अर्यालको भनाई छ । अस्पतालमा जडान गरिएकोे सोलार सिस्टमको अनुगमन तथा निरिक्षण गर्दै अर्यालले सेवाको गुणस्तर बृद्धि र निरन्तरतामा सोलारले सहयोग गर्ने बिश्वास व्यक्त गर्नुु भयो ।
बिद्युतको कारण प्रभावित हुने सेवा प्रभावकारी रुपमा सञ्चालन हुने भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषालले बताउनु भयो ।
सूर्याेदय उर्जा प्रालीले अस्पतालमा सोलार जडानको जिम्मा पाएको हो ।

कोभिड १९ बाट संक्रमित भएकाहरुलाई राख्ने जिल्ला कै पहिलो आईसोलेसन समेत सोही अस्पतालमा नै बनाईएको छ । तत्कालिन अवस्थामा कालिका सामुदायिक अस्पतालको नामले परिचित रहेको उक्त अस्पतालको अहिले सम्पूर्ण जिम्मेवारी भीरकोट नगरपालिकाले लिएको छ ।
अस्पतालमा एक सय शय्या रहेको भए पनि ५० शय्याको भने स्वीकृति लिईसकेको अस्पतालका व्यवस्थापक रेग्मीले बताउनु भयो । अस्पतालमा दैनिक ४० देखि ५० जना आउने गरेकाछन् । हाल अस्पतालमा डाक्टर सहित २३ जना कर्मचारी कार्यरत रहेकाछन् ।
झण्डै जिल्लाको मध्ये भाग र राजमार्गबाट नजिक रहेकाले सो अस्पताललाई ट्रमा सेन्टरका रुपमा बिकास गरिने योजना रहेको नगरप्रमुख खनालले बताउनु भयो ।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 2 मिनेट

