|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
वालिङमा शैक्षिक संस्था बन्द
साम संवाददाता, वालिङ
१ माघ २०७८
वालिङका संस्थागत तथा सामुदायिक दुबै शैक्षिक संस्थाहरू माघ २ गतेदेखि बन्द हुने भएका छ्न्। बढ्दो कोराना संक्रमणका कारण विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गर्न निर्देशन दिइएको नगर शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले जानकारी दिनुभयो।भौतिक उपस्थितिमा पठनपाठन बन्द भएपनि सिकाइ सहजीकरण निर्देशिका-२०७७ अनुसार सिकाइ सहजीकरण गर्न शिक्षा शाखाले विद्यालयहरूलाई अनुरोध गरेको छ।वालिङ नगरपालिका कोराना महामारीको तेस्रो लहरका कारण
शैक्षिक संस्था बन्द गर्ने स्याङ्जाको दोस्रो पालिका हो।पुतलीबजार नगरपालिका यस सम्बन्धमा निर्णय गर्ने पहिलो पालिका हो।पुतलीबजारले २७ गते नै विद्यालय बन्द गर्न निर्देशन दिइसकेको थियो।
वालिङ नगर क्षेत्रमा कोभिड १९ को संक्रमण संगै नयाँ भेरियन्ट पनि देखिएको बताउँदै विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा र बचावटलाई ध्यानमा राखेर वार्षिक वा हिउँदै विदामा मिलान गर्ने गरि माघ १५ सम्म विद्यालय बन्द गर्न निर्देशन दिइएको नगरपालिकाले जनाएको छ। संक्रमण बढ्दै गएपछि संस्थागत विद्यालयहरू भर्चुअल कक्षाको तयारी गरिरहेका छ्न्।
बालमैत्री नगरपालिका भीरकोटमा भने संक्रमणको जोखिम खासै नरहेको जनाउँदै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै विद्यालय संचालन गर्न निर्देशन दिइएको छ।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट

