|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
टोलटोलमा एन्टिजिन परीक्षणको तयारी
साम संवाददाता, भीरकोट
६ माघ २०७८
भीरकोट नगरपालिकाले कोरोना महामारीको तेस्रो लहरको प्रभाव न्यूनीकरण गर्न सचेतना अभियानका साथमा टोलटोलमा अभियानकै रूपमा एन्टिजिन परीक्षण गर्ने भएको छ। आज नगरपालिकामा बसेको स्थानीय तह स्तरीय खोप व्यवस्थापन समिती तथा सरोकारवालाहरूसँग कोभिड १९ विरूद्धको खोप व्यवस्थापन र संक्रमण रोकथामका लागि अन्तरक्रिया तथा परामर्श बैठक बोल्दै नगरप्रमुख एवं नगरस्तरीय कोभिड व्यवस्थापन समितिका संयोजक छायाराम खनालले सो कुरा बताउनुभएको हो।
नगरपालिकाले यहि माघ ९ र १० गते १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरूलाई कोरोना विरूद्धको दोस्रो चरणको खोप दिने भएको छ। यसैगरी फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार र जनप्रतिनिधिहरूलाई माघ ८ गते कोरोनाको बुस्टर डोज खोप दिइनेछ।
कोरोना प्रभावित अति विपन्न परिवारका सदस्यहरूलाई नगरले निशुल्क यातायात तथा उपचारको समेत प्रबन्ध मिलाउने नगर कोभिड व्यवस्थापन समितिका सदस्य सचिव एवं नगर स्वास्थ्य शाखा प्रमुख नारायणबन्धु अर्यालले जानकारी दिनुभयो।
भीरकोट नगर अस्पताललाई कोभिड अस्पतालको रूपमा प्रयोग गरिने र थप उपचार आवश्यक पर्ने बिरामीहरूलाई पोखरा सम्म एम्बुलेन्सको समेत व्यवस्था मिलाइने अर्यालले जानकारी दिनुभयो।तथ्यांकअनुसार शतप्रतिशत नागरिकले खोप लगाएको भए पनि खोप लगाउने उमेर समुहका छुटपुट भएका सबैलाई नजिकको स्वास्थ्य संस्था वा नगरपालिकामा सम्पर्क गर्न आग्रह गर्दै उहाँले स्वास्थ्य सजगता अपनाउन र कोभिड विरूद्धको लडाइँमा नगरपालिका सँग सहकार्य गर्न सरोकारवालाहरूलाई अनुरोध गर्नुभएको छ।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट

