Smart Waling

   तत्कालै
Yaamava Casino Overview: Details on Games, Amenities, and Location
Understanding Velvet Spin Casino Online Presence and Features
Vitória no Oopspin Casino: Sorte e Estratégia Conjugadas
Descripción de la ruleta en línea Chicken Road 2: características y modalidades.
Beskrivelse af spillet Chicken Road
Stosunki do Otrzymania Wygranej w Gry na Automatach w Kasynie Betonred Polska
Roubar o Tesouro de Katanaspin Casino
Rozgrywki Slotowe W Kasynie Spinwinera

    लोकप्रिय
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा

स्याङ्जामा करिब ४००० नयाँ मतदाताको नामावली संकलन

स्मार्ट वालिङ संवाददाता
१ पुस २०७८
आगामी स्थानीय चुनावलाई लक्षित गरेर निर्वाचन आयोगले संचालन गरेको फोटो सहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम -२०७८ का दौरान स्याङ्जामा हालसम्म करिब ४००० नयाँ मतदाताको नामावली संकलन गरिएको छ।मङ्सिर १७ देखि २६ सम्म स्याङ्जाका ५ वटा स्थानीय पालिकाको केन्द्रमा संचालित मतदाता नामावली संकलन कार्यक्रममा १५२७ महिला र २१७७ पुरूष गरी जम्मा ३७०४ जनाको नामावली संकलन भैसकेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको हो।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका अनुसार आँधिखोला गाउँपालिकामा सबैभन्दा कम जम्मा ३६६ जनाको मतदाता नामावली संकलन भएको छ भने चापाकोट नगरपालिकामा सबैभन्दा बढी ११०२ जनाको नामावली संकलन भएको छ।यसैगरी भीरकोट नगरपालिकामा ६८९, गल्याङमा नगरपालिकामा ९५७ र विरूवा गाउँपालिकामा ५९० जनाको नामावली संकलन गरिएको जनाइएको छ।

अर्जुनचौपारी गाउँपालिका, फेदिखोला गाउँपालिका, हरिनास गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको केन्द्रमा मंसिर २८ गतेदेखि सुरू भएको मतदाता नामावली संकलन पुस ८ गतेसम्म जारी रहने बताइएको छ।जिल्ला निर्वाचन कार्यालय स्याङ्जा, जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङमा नियमित रूपमा मतदाता नामावली संकलनको काम भैरहेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ।मताधिकार प्रयोग गर्न १८ वर्ष उमेर पुग्नुपर्ने भए पनि १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका सबै नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने कार्यालयले जनाएको छ।नयाँ मतदाताहरूलाई समयमै नाम दर्ता गराइ मताधिकार सुनिश्चित गर्न निर्वाचन कार्यालयले अनुरोध गरेको छ।

Facebook Comments Box
Facebook Comments Box