|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिज दुई उत्कृष्ट पुरस्कारबाट सम्मानित
स्मार्ट वालिङ संवाददाता , पोखरा ४ पौष २०७८
नेपाल जेसीजकाे पोखरामा सम्पन्न भएको ४८ औं राष्ट्रिय महाधिवेशनमा भीरकाेट जेसीज Outstanding Covid-19 Initiative Program Award Area B र Outstanding Strategy Achievement Award गरि दुई उत्कृष्ट पुरस्कारबाट सम्मानित भएकाे छ ।


जेसी प्रशुन मगरले भीरकोट जेसिजको अध्यक्षको जिम्मेवारी पाएदेखि जेसिजले विशेष चर्चा र सम्मान पाउँदै आएको छ।।भीरकोट जेसिजले “विपदमा हामी” अभियान संचालन गरेर यस वर्षको कोरोना महामारीको समयमा भीरकोट नगरपालिकाका कोभिड संक्रमित बिरामीहरूलाई समयमै नि:शुल्क यातायात सुविधा प्रदान गरी अस्पतालमा जान सहयोग गरेको थियो। “विपदमा हामी अभियान” सफल बनाउन नेपाली काङ्ग्रेस भीरकोटका नगर सभापती एवं वडा नं ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण )ले आफ्नो व्यक्तिगत सवारी साधनमा आफैं चालक भएर जनतालाई नि:शुल्क एम्बुलेन्सको सुविधा प्रदान गर्नुभएको थियो।

“विपदमा हामी अभियान” बाट भीरकोटका ५०० भन्दा बढी कोभिड सङ्क्रमित बिरामीहरू लाभान्वित भएको भीरकोट जेसिजका महासचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। यसै गरि भीरकोट जेसिजले सडक दुर्घटनामा परी शारीरिक रूपमा अशक्त भएका भीरकोट निवासी सबिन श्रेष्ठको सहयोगका निम्ति “सबिन श्रेष्ठ बचाउ अभियान” मा करिब ३ लाख ६५ हजार नगद सहयोग संकलन गरि उहाँलाई सहयोग गरेको थियो।भीरकोट जेसिजले विपदको समयमा समेत आफ्ना कार्यक्रम ,योजना तथा रणनीतिहरूको सफल कार्यान्वयन गरी उत्कृष्ट कार्यसम्पादन गरेकाले सम्मान गरिएको जनाइएको छ।

|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट


