|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
नगर यातायात गुरू योजनाको मस्यौदा माथि बृहत् छलफल
स्मार्ट वालिङ संवाददाता, भीरकोट ७ पुस २०७८
भीरकोट नगरपालिकाले आफ्नो नगर क्षेत्रमा रहेका सडकहरूको स्तरोन्नति, विस्तार र व्यवस्थापनका विषयमा आधारित रहेर तयार पारेको नगर यातायात गुरु योजनाको मस्यौदा माथि आज बृहत् छलफल गरेको छ। सार्थक इन्जिनियरिङ कन्सल्टेन्सी, काठमाडौंको सहयोगमा तयार भएको नगर यातायात गुरु योजनाको बृहद छ्लफलमा नगर प्रमुख छायाराम खनाल, उपप्रमुख सिमा केसी कर्माचार्य , प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसाल, वडा अध्यक्षहरु, योजना अधिकृत याम प्रसाद रेग्मी, शाखा प्रमुख, इन्जिनियर, बोर्ड सदस्य लगायतका जनप्रतिनिधिहरूको सहभागीता रहेको थियो। सार्थक कन्सल्टेन्सीका इन्जिनियरहरूको टिमले तयार गरेको नगर यातायात गुरु योजना (MTMP) को बारेमा इन्जिनियर हेमन्त तिवारीले प्रस्तुतिकरण गर्नुभएको थियो। जनप्रतिनिधिहरू, शाखा प्रमुखहरू र नगरका इन्जिनियरहरूले प्रस्तावित मस्यौदा माथि आफ्नो राय सल्लाह र सुझाव दिनुभएको थियो। आजको छलफलका आधारमा मस्यौदा परिमार्जन गरि नगर बोर्डबाट पारित भएपछि मात्रै नगर यातायात गुरु योजना (MTMP) लागू हुने योजना शाखा प्रमुख याम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।



प्रस्तावित गुरु योजना अनुसार नगर क्षेत्र भित्रका सडकहरूलाई क, ख,ग, घ गरि चार भागमा वर्गीकरण गरिएको छ। “क” बर्गको सडकको चौडाइ १४ मिटर, “ख” बर्गको सडकको चौडाइ १०-१२ मिटर , “ग” बर्गको सडकको चौडाइ ८ मिटर र “घ” बर्गको सडकको चौडाइ ६ मिटर कायम गर्न सुझाइएको छ। क र ख बर्गको लागि २ मिटर , ग र घ बर्गको लागि १.५ मिटर सडक सेटव्याक प्रस्ताव गरिएको छ।भीरकोट नगरपालिकामा करिब १० कि.मि सिद्धार्थ राजमार्ग पर्दछ।यसैगरी आँधिखोला करिडोरको ८.५ कि.मि. सडक खण्ड पनि भीरकोटमा पर्दछ। राजमार्ग बाहेक नगर क्षेत्रभित्र करिब ३३ कि.मि. जिल्ला सडक संजाल छ। राष्ट्रिय राजमार्ग बाहेक करिब २६ कि.मी सडक खण्ड मात्रै कालोपत्रे गरिएको नगरपालिकामा अधिकांश ग्रामीण सडकको अबस्था नाजुक छ।प्रस्तावित मस्यौदामा उल्लेख भए अनुसार नगर भित्र ३६.८६ कि.मी. कालोपत्रे सडक, २१८.४६ कि.मी धुले सडक, २७.८७ कि.मी ग्राभेल सडक, ३.९८ ढलान सडक र ६.३७ नयाँ सडक मगरि जम्मा २९५. ०१ कि.मी सडक संजाल छ । प्रस्तावित मस्यौदामा सडकको विकास, विस्तार र स्तरोन्नतिका लागि प्राथमिकीकरणका आधारहरू पनि उल्लेख गरिएको छ । जस अनुसार वडाको माग, अहिलेको सडक चौडाई, जनसंख्या , सडकको फाइदा, सडकको अवस्था लगायतका आधारमा सडकको प्राथमिकीकरण गर्न सकिनेछ।
प्रस्तावित मस्यौदामा आँधिखोला करिडोर, कालिका क्याम्पस – चिउरीखर्क सडक र पिपलडाँडा- ढापूक सडकलाई क बर्गमा राखिएको छ। यसैगरी सिम्ले- पिपलडाँडा सडक, पिपलडाँडा करादी सडक, तारूक -सानो भञ्ज्याङ सडक, बगरे बजार ढापूक फेदी सडक, ढाँडा -तिलाहर सडक, छाङ्छाङ्दी – नगर बस पार्क सडक, दार्सिङ केघा -सडक, हटियाचोक-दभुङठाटी सडक, डाँडाकोट -कल्लेरी सडक र हटियाचोक- जन्तेढुङ्गा- दभूङ्ठाटी सडक गरि ११ सडकलाई ख बर्गको सडकको रूपमा विकास गर्न प्रस्ताव गरिएको छ। यस्तै २७ वटा सडक खण्डलाई ग बर्गको सडकको रूपमा विकास गर्न प्रस्ताव गरिएको छ । मस्यौदा प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख खनालले नगरले अहिले सम्म नगर क्षेत्रको विकासका लागि २ वटा गुरु योजना बनाइसकेको जानकारी दिनुभयो । उहाँले नगर विकास गुरू योजना, कृषि विकास गुरु योजना बनिसकेका छ्न् ।नगरको डिजिटल प्रोफाइल पनि तयार भैसकेको र नगर यातायात गुरु योजना निर्माणाधीन रहेको जानकारी दिनुभयो । अहिलेको सरकारले बनाएका गुरु योजनाले अब बन्ने स्थानीय सरकारलाई नगर विकासको स्पष्ट मार्गचित्र प्रदान गर्ने बताउँदै उहाँले वर्तमान र भविष्यका आवश्यकता मध्येनजर गरेर दीगो विकास गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

|
Smart Waling |
पढ्न लाग्ने समय : < 2 मिनेट


