|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
रूम टु रिडको सहयोगमा शैक्षिक सामाग्री वितरण
साम संवाददाता, भीरकोट
२३ पुस २०७८
सूर्योदय क्लब स्याङ्जाको व्यवस्थापन र रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा दहथुम माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ का १० जना र कक्षा २ का २४ जना गरि जम्मा ३४ जना बालबालिकालाई सो झोला वितरण गरिएको हो । बालबालिकालाई रुमटुरिड संस्थाको आर्थिक सहयोगमा पठन सिपको विकासका लागि तोतेबोली ब्याग वितरण गरिएको विद्यालयका भाषा शिक्षक मनिषा कोइरालाले जानकारी दिनुभयो।
घरमै सानो पुस्तकालय स्थापना गरेर बालबालिकाहरूमा स्वतन्त्र रुपबाट पढ्ने सिपको विकास गराउन रमाइला र जीवनोपयोगी कथाहरू समेटिएका पुस्तकहरू वितरण गरिएको सूर्योदय क्लबकी साक्षरता सहजकर्ता अन्जु पौडेल लम्सालले जानकारी दिनुभयो । लम्सालका अनुसार कथाका किताब, कापी , कलम र कलर पेन्सील सहित प्रती विद्यार्थी ३४ थान शैक्षिक सामाग्री वितरण गरिएको हो। कार्यक्रममा सबै बालबालिकाका अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र सूर्योदय क्लबको ब्यवस्थापनमा स्याङ्जा जिल्लाका ५५ वटा विद्यालयहरूमा साक्षरता कक्षा संचालन गरिएको छ।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट

