|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
युवा साहित्यकार मिलन समीर सम्मानित
साम संवाददाता , काठमाडौं
२३ पुस २०७८
स्याङ्जाली युवा साहित्यकार मिलन समीर नेपाल स्रष्टा समाजबाट हरेक वर्ष प्रदान गरिने “प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टा सम्मान – २०७८” बाट सम्मानित हुनुभएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित नेपाल स्रष्टा समाजको वार्षिक साधारणसभा तथा स्रष्टा सम्मान समारोहको अवसरमा समाजले नेपाली साहित्यमा क्रियाशील विभिन्न स्रष्टाहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियोे ।
शुक्रबार काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ बाट शान्ता मानवीलाई सम्मानित गर्नुभयो । सो सम्मानकासाथ नगद राशी २५ हजार १११ रुपैयाँ प्रदान गरिएको थियो। कार्यक्रममा ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ प्रा.डा. गोविन्दमानसिंह कार्कीलाई (नगद राशी २५,१११ सहित), सुभद्रा–विश्वराज स्रष्टा सम्मान कवि भुवनहरि सिग्देललाई (नगद राशी २१,१११ सहित), रमेश–गंगा स्रष्टा सम्मान प्रा.डा. वासुदेव त्रिपाठीलाई (नगद राशी २१,१११ सहित) र प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टा सम्मान युवाकवि मिलन समीरलाई (नगद राशी ११,१११ सहित) प्रदान गरिएको थियो।
स्रष्टाहरूलाई सम्मान गर्दै प्रमुख अतिथि कुलपति गंगाप्रसाद उप्रेतीले कुनै पनि सम्मान तथा पुरस्कारले स्रष्टाहरूलाई सिर्जनाप्रति उर्जाशील बनाउने बताउनुभएको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष श्रीओम श्रेष्ठ रोदनले सम्मानित स्रष्टाहरूको परिचय दिनुभएको थियो । समाजका अध्यक्ष विधान आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुवनहरि सिग्देल, देविका तिमिल्सिना लगायतले मन्तव्य राख्नुभएको थियो।
|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट

